☰
आइतबार, कार्तिक ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मुस्ताङको ठिनीमा फाला पर्वको रौनक


  •   आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
  • काठमाडौं । होमस्टे गाउँका रुपमा परिचित मुस्ताङको पर्यटकीय गाउँ ठिनीमा भाद्र (फाला) पर्वको रौनक छाएको छ । फाला थकाली समुदायको मौलिक सांस्कृतिक पर्व हो ।

    Advertisement

    शनिबार र आइतबार गरेर दुई दिनसम्म मनाउने यस पर्वले ठिनीमा पर्यटकको चहलपहल बढाएको छ । घरपझोङ गाउँपालिका ५ मा पर्ने ठिनी गाउँमा यसपाली भाद्र (फाला) पर्व थकालीहरुले धुमधामसँग मनाउन सुरु गरेका छन् । पर्वमा मौलिक संस्कृति झल्कने विभिन्न नाचहरु प्रदर्शन गरिएको स्थानीय जनमुक्ति युवा क्लब ठिनीका सचिव निरज थकालीले बताउनुभयो ।

    फाला पर्वमा रमाउन पर्यटकहरु ठिनी गाउँमा पुगेका छन् । यस पर्वले खेतीको सिजन अन्त्य र जाडो मौसम सुरुवात भएको जनाउँछ । फाला पर्व ठिनी गाउँको मौलिक सांस्कृति पहिचान हो वडाध्यक्ष प्रदीप थकालीले भन्नुभयो, “फाला पर्व थकाली समुदायकाे पहिचान हो । मौलिक संस्कृतिको संरक्षणका लागि पाका र युवा पुस्ता जुटेका छन् ।” मौलिक संस्कृतिको संरक्षण गरेर ठिनी होमस्टेमा पर्यटक भित्र्याउने गरिएको उहाँको भनाइ छ ।

    थकाली संस्कृति, सभ्यताको संरक्षण र पुस्तान्तरणका लागि ठिनीवासीहरुले परम्परागत मेला पर्वलाई निरन्तरता दिँदै आएको वडाध्यक्ष थकालीले बताउनुभयो । यहाँको मौलिक कला, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको वडाध्यक्ष थकालीको भनाइ छ ।

    पर्वमा परम्परागत याक नाच, झाँकी, लोपोन्मुख ढुङ्ग्री नाच, थकोर्चेन राजाको पालामा गरिने योद्धा नाच तथा सांस्कृतिक कार्यक्रमका साथै परम्परागत नाटक प्रस्तुत गरिने स्थानीय जनमुक्ति युवा क्लब ठिनीका सचिव थकालीले बताउनुभयो ।

    “पर्वलाई निरन्तरता दिएर स्थानीय संस्कृतिको संरक्षण गर्न, परम्परालाई जीवित राख्न र नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छौं,” थकालीले भन्नुभयो । फाला पर्वको रौनकमा रमाउन स्वदेशी तथा विदेशी पर्यटकहरु ठिनी पुगेकाले यहाँका होमस्टेहरु पर्यटकहरुले भरिएका छन् ।(गोरखापत्र)

    आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer