• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन २४, २०८३
☰
आइतबार, साउन २४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

लाखेनाच संरक्षणका लागि प्रतियोगिता


  •   आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
  • काठमाडौं । नवलपुरमा लाखे नाच संरक्षणका लागि लाखे नाच प्रतियोगिता गरिएको छ । नेवार समुदायभित्र लोप हुँदै गएको मौलिक संस्कृति र परम्परागत रूपमा मनाइने लाखेनाच पर्व जोगाउन लाखेनाचको प्रतियोगिता नै गरेर संरक्षणमा जुटिरहेका छन् ।

    Advertisement

    कावासोती क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले संस्कार, संस्कृतिको संरक्षणका लागि जिल्लास्तरीय लाखेनाच आयोजना गरेका हुन् । भीमसेन कालिका नेवाः गुठीका अध्यक्ष मोहनकुमार श्रेष्ठले पछिल्लो समय आदिवासी जनाजातिभित्र रहेका नेवार समुदायको विभिन्न किसिमका परम्परागत संस्कार र संस्कृति लोप हुँदै जान थालेकाले नेवाः गुठीबाट प्रतियोगी समावेश गरी लाखेनाच प्रतियोगिता गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, “लाखेनाचले नेवारी समुदायको पहिचान र संस्कार, संस्कृति झल्काउने कार्य गर्दछ । विभिन्न नेवाः समुदायको लाखे प्रस्तुति जिल्लामा एकैठाउँमा अवलोकन गर्ने अवसर सबैलाई मिलेको छ । लाखेअन्तर्गत कृष्ण प्रस्तुति, चटकीदेखि लाठीनाचसम्मको प्रस्तुति देखाउने गरिन्छ । ”

    नवलपुरको कावासोती १४ त्रिभुवनटारमा भएको कावासोती नगर स्तरीय लाखेनाच प्रतियोगितामा कावासोती २ को सिका नेवा गुठी प्रथम भएको छ । त्यसैगरी गणेश भिमसेन नेवाः गुठी गोछडा दोस्रो र शेरगञ्ज नेवाः गुठी शेरगञ्ज तृतीय भएको छ । भीमसेन कालिका नेवा गुठी त्रिभुवनटार र सनराइज युवा समन्वय समितिको आयोजनामा भएको लाखेनाच प्रतियोगितामा कावासोतीका ६ वटा गुठीको लाखे नाँच प्रदर्शन गरिएको थियो ।

    प्रतियोगितामा प्रथम हुनेले ११ हजार १ सय ११ रुपियाँ, दोस्रो हुनेले ५ हजार ५ सय ५५ रुपियाँ र तेस्रो हुनेले तीन हजार ३ सय ३३ रुपियाँ नगद पुरस्कार, शिल्ड र प्रमाण पत्र प्राप्त गरेका थिए ।

    नेवार समुदायले आफ्नो धार्मिक, सांस्कृतिक कार्यक्रमका रूपमा प्रस्तुत गर्ने लाखेनाच देशका विभिन्न भू–भागमा लोकप्रिय छ । सामाजिक परम्परासँग जोडिएको लाखेनाच कंशको प्रतीकका रूपमा डरलाग्दो राक्षसी रुप लाखे र अन्य मुखुण्डोधारी उसका सहयोगी सामूहिक रूपमा नेवारी बाजाका तालमा नाच्ने गर्दछन् ।(गोरखापत्र)

    आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer