काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पाँचवटा प्रदेशका कतिपय ठाउँमा भारी वर्षा हुने सम्भावना छ।
Advertisement
कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको दक्षिणमा अवस्थित छ।
त्यसैको प्रभावका कारण आज दिउँसो कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका १-२ ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना छ।




