काठमाडौं । देशका हरेक भागमा रहेका उद्यमशिलता प्रर्वद्धनका लागि ‘देशैभरी बर्षै भरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम संचालन गरिरहेको कुमारी बैकले साना उद्यमीहरुलाई वित्तिय सबलता प्रदान गर्ने उदेश्यले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिरहेको जनाएको छ ।
बैंकका अनुसार सो योजना अन्र्तगत उद्यमीहरुले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरुमा आफ्ना ब्यावसायको खाता खोली क्युआरमार्फत प्रतिहप्ता कम्तिमा दुई ब्यावसायिक कारोबारहरु लगातार ४ हप्ता भई मासिक कम्तीमा दश हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीहरुले दुई लाखसम्मको कर्जा कुनै पनि कागजात वा धितो बिना नै कुमारी बैंकको मोवाइल बैंकिङ एप प्रयोग गरी सहजै लिन सक्ने छन् ।
यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एपमार्फत नै गर्न सकिने भएकोले ब्यवसायीहरु कर्जा लिन तथा तिर्नका लागि बैंक जानु पर्ने छैन । यस सुविधाबाट साना उद्यमीहरु सहजै औपचारिक वित्तिय संयन्त्रमा आर्कषित हुने तथा उनीहरुको उद्यमशिलता प्रर्वद्धनमा केही टेवा पुग्ने विश्वास सो बैंकले लिएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवादिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।




