काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा दक्षिणतिर अवस्थित रहँदा आज तीनवटा प्रदेशमा मुसलधारे वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ।
Advertisement
आज दिउँसो कोशी, मधेश, वागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी र वागमतीमा थोरै तथा बाँकी प्रदेशका १-२ ठाउँमा भारी वर्षा हुने सम्भावना छ।
आज राति कोशी र वागमतीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना पनि छ।




