• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार १५, २०८३
☰
सोमबार, असार १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

८२ हजारभन्दा बढी पुगे नाडा अटो शो हेर्न


  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
  • काठमाडौं । १६ औँ संस्करणको नाडा अटो शो २०२४ मा ८२ हजार चार सय ७० अवलोकनकर्ताले अवलोकन गरेका छन् । आइतबार सम्पन्न नाडा अटो शोमा थुप्रै नयाँ ब्राण्डका विद्युतीय सवारी साधनको सहभागिताका कारण यसपटको मेलामा ठूलो भिड लागेको थियो ।

    Advertisement

    सुस्ताइरहेको अटोमोबाइल व्यवसायका बाबजुद पनि आयोजना गरिएको अटो शोले देशको अर्थ व्यवस्था चलायमान बनाउन सहयोग पुर्‍याएको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । यसपटकको अटो शोमा उत्कृष्ट चारपांग्रे सवारी साधनको स्टल सिजी मोेटर्स प्रालिले जितेको छ भने उत्कृष्ट दुईपांग्रे सवारी साधनतर्फको स्टल वैद्य इनर्जी प्रालि अथेरले जितेको छ । त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल अवार्ड एमएडब्लुु प्र्रालिले जितेको छ भने बेष्ट कम्पोनेण्ट पुरस्कार सत्यदिप इन्टरनेसनल प्रालि भिडोलले जितेको छ ।

    नाडाले उत्कृष्ट स्टल छनोट गर्न नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, जाम र इमानका प्रतिनिधि तथा नाडा अटो शोको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोबल एक्सपोजिसन एण्ड मेनेजमेन्ट सर्भिस प्रालिका प्रतिनिधिसमेत सदस्य रहने गरी चार सदस्यीय बेष्ट स्टल छनोट समिति गठन गरेको थियो । नाडा अटो शो २०२४ का सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिंक रहेका थिए । यस वर्षको थप आकर्षणमा हिरो जुम स्कुटरले लक्की ड्र गरी एक भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्थासमेत गरेको थियो । नाडाले विजेतालाई आफ्नो टिकटसहित नाडा सचिवालय सम्पर्क गर्न आग्रह गरेको छ ।

    मेला समापन कार्यक्रममा नाडा अध्यक्ष करण चौधरी, निवर्तमान अध्यक्ष डा. धु्रव थापा, पूर्वअध्यक्ष, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, प्रदेश उपाध्यक्षद्वय पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवालले एक सय ३५ कम्पनीलाई क्रमशः मोमेण्टोसमेत वितरण गर्नुभएको थियो ।

    नाडाका अनुसार मेलाको ट्राफिक व्यवस्थापन कार्य काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले गरेको थियो । त्यसैगरी मेलाको फायर सेफ्टीको सम्पूर्ण काम नाडाकै सदस्य कम्पनी हिटको प्रालिले गरेको थियोे । नाडा अटो शो २०२४ कै सन्दर्भमा नाडाले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो । नाडा सदस्य प्रकाश कपुरीको संयोजकत्वमा भएको कार्यक्रममा रक्तदान गर्न चाहने कुल एक सय २८ मध्ये योग्य ठहरिएका ६३ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ । छ दिनसम्म सञ्चालन भएको मेला उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नुभएको थियो भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायतले अवलोकन गर्नुभएको थियो ।

    मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १२ गते (२६

    • २.
      आज २०८३ साल असार १४ गते (२८

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    • ६.
      आज २०८३ साल असार १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer