• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार २३, २०८३
☰
मङ्गलबार, असार २३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भगवान गणेशको पूजा गर्दा जप्नै पर्ने मन्त्र यि हुन


  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
  • काठमाडाैं । गणेश शब्दको उत्पत्ति गणंईश मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता। शिवगणमा प्रमुख गण नन्दी कहलाईन्छन्। नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश कहलाईन्छन्।

    Advertisement

    गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। ऋद्धि र सिद्धि यीनका श्रीमती हुन्। नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ।

    भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ।यो भिन्नताले आफ्नो(आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ। भगवान श्री गणेशको पूजा सबै देवताहरू भंदा पहिले हुन्छ।काममा कुनै बिध्न बाधा उत्पन्न न होस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन्।

    के तपाईलाई थाहा छ कुनै पनि शुभ कार्य गर्नु अघि भगवान गणेशको पूजा किन गरिन्छ ? आज यसबारे जानकारी लिनुहोस् ।

    पौराणिक कथा अनुसार

    दैवी कालमा देवताहरूको श्रेष्ठतालाई लिएर मतभिन्नता थियो। सबै देवताहरूले आफूलाई श्रेष्ठ भन्न थाले र पहिले पूजा गर्ने कुरा गर्न थाल्नु भयो । यस धार्मिक युद्धमा उपस्थित नारद जीले भन्नु भएको थियो कि यसको उत्तर देवताका देवता महादेवले दिनेछन्। नारद जीको वचन सुनेर सबै देवताहरू महादेवकहाँ पुग्नुभयो ।

    देवताहरूको कुरा सुनेपछि, भगवान शिवले भन्नुभयो कि तपाईं सबैले आआफ्नो सवारीमा चढेर ब्रह्माण्डको परिक्रमा गर्नु पर्छ र तपाईंहरूमध्ये जो ब्रह्माण्डको परिक्रमा गरेर पहिले फर्कन्छ, उसले मात्र विजयश्री प्राप्त गर्नेछ। यति मात्र होइन, पहिले उनको पूजा गरिनेछ । महादेवको कुरा सुनेर सबै देवताहरू आ–आफ्नो सवारीमा चढेर परिक्रमाको लागि निस्किए । देवताहरूको यो प्रतिस्पर्धामा भगवान गणेश पनि सहभागी थिए । तर तिनीहरू ब्रह्माण्डको परिक्रमा गर्न गएनन्।

    वरु, उनले माता पार्वती र भगवान शिवको परिक्रमा गरे र हात जोडेर आदिशक्ति र भगवान महादेवलाई प्रणाम गरे। केही समयपछि सबै देवताहरू ब्रह्माण्डको परिक्रमा गरेर फर्किए। महादेवले पनि भगवान गणेशलाई विजयी घोषणा गरे ।

    महादेवको कुरा सुनेर सबै छक्क परे । त्यसपछि महादेवले भगवान गणेशलाई विजयी घोषणा गर्नुको कारण बताउदै आमाबाबुभन्दा ठूलो कोही नहुने बताए । मातापिताको परिक्रमा गरेपछि अरू कसैको प्रदक्षिणा गर्नु पर्दैन। त्यसैले आजबाट सर्वप्रथम भगवान गणेशको पूजा गरिँदैछ । त्यसबेलादेखि हरेक शुभ कार्यमा भगवान गणेशको पूजा गरिन्छ ।

    मंगलबार  बर्जित गरिएको काम

    धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने विश्वास छ । मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु सेवन गर्नु हुँदैन । मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ ।

    भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने मन्त्र
    यी ११ मन्त्रहरू जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ। १ श्री गणेशाय नमः २ ॐ श्री गणेशाय नमः ३ गं गणपतये नमः ४ ॐ गं गणपतये नमः ५ ॐ गं ॐ गणाधिपतये नमः ६ ॐ सिद्धि विनायकाय नमः ७ ॐ गजाननाय नमः ८ ॐ एकदंताय नमो नमः ९ ॐ लम्बोदराय नमः १० ॐ वक्रतुंडाय नमो नमः ११ ॐ गणाध्यक्षाय नमः

    मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १८ गते (२

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५

    • ४.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer