• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार २३, २०८३
☰
मङ्गलबार, असार २३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शुक्लागण्डकीले घोषणा गर्यो, ‘शैक्षिक गुणस्तर सुधार वर्ष’ कार्यक्रम


  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
  • काठमाडौं । तनहुँको एक पालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ‘शैक्षिक गुणस्तर सुधार वर्ष’ कार्यक्रम ल्याएको छ । कार्यक्रम अन्तर्गत शुक्लागण्डकी नगरपालिकामा शिक्षा योजना निर्माण कार्यदल गठन गरिएको छ ।

    Advertisement

    नगरपालिकाले अवलम्बन गर्ने शैक्षिक योजना निर्माण गर्न नगरपालिका शिक्षा शाखा प्रमुख समेत रहनुभएका नवराज चापागाईँको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन भएको हो ।

    कार्यदलमा शिक्षा शाखाका अधिकृत सुशील नराल सदस्य सचिव रहने गरी हंशबाहिनी मावि एक्लेखेतका शिक्षक यशोदा तिवारी, पञ्चमुनीदेव माविका एकनारायण भण्डारी, जनप्रेमी माविका डिल्लीराम लामिछाने, खैरेनी माविका दीपक भण्डारी, पञ्चमुनीदेव माविका दीपक ढकाल र ज्ञान बगैँचा माविका सुरेश पौडेललाई सदस्य चयन गरिएको छ । चालु शैक्षिक सत्र २०८१ लाई ‘शैक्षिक गुणस्तर सुधार वर्ष’ वर्ष घोषणा गरेकोले सुधारको काम अघि बढाउन कार्यदल गठन गरिएको नगरपालिकाले जनाएको छ ।

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराकासाथ चालु शैक्षिक वर्ष २०८१ लाई शैक्षिक गुणस्तर सुधार वर्षका रूपमा घोषणा गरिएको सुधारको लागि कार्यदल गठन गरिएको नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो ।

    नगर प्रमुख पण्डितका अनुसार सामुदायिक विद्यालयहरूमा शैक्षिक सत्र २०८१ बाट आधारभूत तह (प्रारम्भिक बाल विकास शिक्षा देखि कक्षा १-८ सम्म) को शिक्षा अनिवार्य तथा कुनैपनि शुल्क उठाउन नपाउने निर्णय गरेको छ ।

    अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ को परिच्छेद १ को नियम ५ मा उल्लेखित निर्णय कार्यान्वयन गराउन सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्या, विद्यालयको मौजुदा भौतिक पूर्वाधार र उपलब्ध विषयगत दरबन्दी समेतका आधारमा प्रोत्साहन अनुदान रकम नगरपालिकाले प्रदान गर्ने छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, तथा शिक्षकका सन्ततिलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्ने निर्देशन गरिएको छ ।

    सञ्चालित कक्षा, विद्यार्थी सङ्ख्या, विषयगत दरबन्दीको उपलब्धता तथा भौगोलिक अवस्थाका आधारमा विद्यालयहरूलाई शैक्षिक सत्र २०८१ बाट लागु हुने गरी समायोजन तथा एकीकरण गर्ने र शिक्षक दरबन्दी मिलानलाई कार्यान्वयनमा ल्याउने भएको छ । शैक्षिक गुणस्तर र सुशासन संवर्द्धनका लागि सघन विद्यालय अनुगमन तथा सुपरिवेक्षणलाई सूचकका आधारमा वैज्ञानिक बनाउँदै नगर कार्यपालिकाका सदस्यहरूले नियमित विद्यालय अनुगमन गरी नगर कार्यपालिकामा प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान राखिएको छ ।

    कार्यदलले शुक्लागण्डकी नगरपालिकाको शैक्षिक योजना निर्माण गर्ने, वार्षिक प्राथमिक योजना छनौट गर्ने, शैक्षिक बजेट मूल्याङ्कन गर्ने लगायतका कार्य गर्ने कार्यदलका संयोजक चापागाईँले बताउनुभयो । यस्तै कार्यदलका सदस्यहरूलाई योजना निर्माण गर्न गण्डकी प्रदेश सरकारको सहयोगमा दुई दिन अभिमुखीकरण प्रदान गरिएको छ ।(गोरखापत्र)

    मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १८ गते (२

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५

    • ४.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer