• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार २३, २०८३
☰
मङ्गलबार, असार २३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अब शिक्षाविद् कहलिन विद्यावारिधि अनिवार्य


  •   बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । शिक्षाविद्को पहिचान बनाउन चाहने व्यक्तिले विद्यावारिधि उपाधि हासिल गर्नुपर्ने कानुनी व्यवस्था गर्न लागिएको छ । नेपाल विश्वविद्यालय विधेयकले शिक्षाविद्को योग्यता तोकेको हो ।

    Advertisement

    सरोकारवालासँग छलफल गरेर संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिनिधि सभामा बिहीबार पेस गरेको विधेयकको प्रतिवेदनमा यस्तो योग्यता तोकेको हो ।

    समितिले विधेयकमाथि दफावार छलफल गरेर सुझावसहितको प्रतिवेदन मङ्गलबार प्रतिनिधि सभामा पेस गरेको हो । विधेयकको दफा २ मा शिक्षाविद्को योग्यता तोकिएको छ । जसमा ‘शिक्षाविद् भन्नाले नेपाल सरकारद्वारा मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरेको र अध्ययन, अध्यापन र अनुसन्धानको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको व्यक्ति सम्झनुपर्ने छ’ भन्ने उल्लेख गरिएको छ ।

    कस्तो व्यक्तिलाई शिक्षाविद् मान्ने भन्ने विषयमा हालसम्म कुनै निश्चित परिभाषा छैन । यसलाई कुनै पनि कानुनले सम्बोधन गर्न पनि सकेको छैन । निश्चित योग्यता र परिभाषा नतोकिँदा पछिल्लो समय शिक्षासम्बन्धी सामान्य ज्ञान मात्रै भएका व्यक्तिले पनि आफूलाई शिक्षाविद्का रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढेको छ ।

    यद्यपि यस विधेयकले तोकेको शिक्षाविद्को योग्यता नेपाल विश्वविद्यालयका लागि मात्रै हो । उक्त विश्वविद्यालयको सङ्गठन संरचना अन्तर्गत रहने विभिन्न निकायमा पदाधिकारी तथा सदस्य नियुक्त गर्दा शिक्षाविद्का तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुनुपर्ने भन्ने उल्लेख छ ।

    तर ती निकायमा नियुक्त हुने शिक्षाविद्को योग्यता के रहने भन्ने विषयमा स्पष्ट नभएका कारण विधेयकले योग्यता नै तोकेर शिक्षाविद्लाई परिभाषित गरेको हो । नेपाल विश्वविद्यालयले तोकेको परिभाषाले समग्र शिक्षाविद्का लागि नै मानक स्थापित गर्ने र अन्य स्थानमा पनि लागु गर्न सजिलो हुने शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो त ठिक हो । अहिले त बजारमा स्वघोषित शिक्षाविद्, बुद्धिजीवी, अभियन्ता बन्ने चलन छ । यो अवस्थालाई नेपाल विश्वविद्यालय विधेयकले स्पष्ट गरेको छ,” कोइरालाले भन्नुभयो ।

    राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयकलाई प्रतिनिधि सभाको २०८० भदौ ६ गतेको बैठकले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई पठाएको थियो । समितिको २०८० असार १३ गतेको बैठकले विधेयकका सम्बन्धमा समितिमा टुङ्गिन बाँकी विषयमाथि छलफल गरेर प्रतिवेदन पेस गर्न समितिका सदस्य देवेन्द्र पौडेलको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

    उपसमितिले दिएको प्रतिवेदनलाई सामान्य परिमार्जन गरेर समितिले भदौ १४ गते पारित गरेको थियो । विधेयकमा नेपाल विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सहकुलपति नरहने व्यवस्था गरेको छ । प्राज्ञिक व्यक्तिलाई कुलपति बनाइने तथा प्रमुख कार्यकारीका रूपमा उपकुलपति रहने व्यवस्था गरिएको छ ।

    प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै यो विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउने छ । नेपालमा हाल सञ्चालितभन्दा भिन्न शैलीको नेपाल विश्वविद्यालयको केन्द्रीय कार्यालय उपत्यकाबाहिर रहने छ ।

    बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १८ गते (२

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५

    • ४.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer