• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

दुई सय हिमताल जोखिममा रहेको छ: भारत


  •   बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
  • काठमाडौं । जलवायु परिवर्तको पहिलो असर हिमाली भेगमा पर्दछ । यस्तै असर भारतका हिमतालहरुमा देखिएको छ । भारतले फुट्ने जोखिम भएका करिब दुई सय हिमतालमा उच्च-प्रविधियुक्त चेतावनी प्रणाली स्थापना गरिरहेको प्रकोप अधिकारीले बताएका छन् । जलवायु परिवर्तनका कारण हिमतालहरू फुट्ने घातक खतरा भएको छ ।

    Advertisement

    भारतका हिमालयमा कम्तीमा सात हजार पाँच सय हिमताल छन् । तीमध्ये धेरैले खतरनाक बाढीको जोखिम निम्त्याउन सक्छन् । भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए)को टोलीहरूले तीन वर्षको मिसनमा सबैभन्दा खतरनाक मानिने एक सय ९० उच्च उचाइका तालहरूलाई लक्षित गरिरहेका छन् ।

    मिसनलाई निर्देशन गर्ने एनडिएमएका वरिष्ठ अधिकारी सफी अहसान रिजवीले भन्नुभयो, ‘हामीले पहिला नै जोखिम न्यूनीकरणमा महत्वपूर्ण प्रगति गरेका छौं ।’ ग्लेसियर लेक आउटबष्र्ट फ्लड (जिएलओएफ) पहिलेको ग्लेसियर आधारमा जम्मा भएको पानीको अचानक ‘रिलिज’ हो । यो मानव-जनित जलवायु परिवर्तनको न्यानो तापक्रमका कारण स्वाभाविक रूपमा हुने घटना हो ।

    एउटा अभियानले हाल उत्तरपूर्वी राज्य सिक्किममा छवटा उच्च जोखिमयुक्त ताल वरपर प्रारम्भिक चेतावनी प्रणाली स्थापनाको काम गरिरहेको छ । यहाँ सन् २०२३ मा हिमताल फुटेर आएको बाढीबाट कम्तीमा ७७ जनाको मृत्यु भएको थियो ।

    ‘हामीले अहिलेसम्म २० वटा ताल बनाइसकेका छौं र यस गर्मीमा ४० वटा पूरा गर्नेछौं’, रिजवीले भन्नुभयो । परियोजनाले तालहरूमा जम्मा भएको पानी र आंशिक रूपमा पग्लिएको बरफलाई ‘तालको स्तर घटाउनमा’ पनि समावेश गर्नेछ । टोलीमा सेना र भारतीय अन्तरिक्ष अनुसन्धान संगठनलगायत धेरै सरकारी एजेन्सीका विशेषज्ञ, भूगर्भविद्, जलवैज्ञानिक, कम्प्युटर इन्जिनियर र मौसम विशेषज्ञ संलग्न छन् ।

    विनाशकारी प्रभाव
    मिसनले भारतमा हिमाली क्षेत्रहरू, उत्तरमा काश्मिर र लद्दाखदेखि उत्तरपूर्वमा अरुणाचल प्रदेशसम्म, चीनको सीमासँग जोडिएका धेरै क्षेत्रलाई समेट्नेछ । जलवायु परिवर्तनले हिमनदीहरू लोप गराउँदैछ । तापक्रमलाई पूर्व–औद्योगिक स्तरभन्दा एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्न सकिए पनि यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीका दुई लाख १५ हजार हिमनदीमध्ये आधा पग्लिने अनुमान गरिएको छ ।

    उपग्रह तथ्यांकमा आधारित सन् २०२० को अध्ययनअनुसार ३० वर्षमा हिमतालहरूको मात्रामा ५० प्रतिशतले वृद्धि भएको छ । नेचर कम्युनिकेसन्समा प्रकाशित एक अध्ययनमा एक करोड ५० लाख मानिस हिमतालको ५० किलोमिटरभित्र र दरारबाट सम्भावित बाढीको एक किलोमिटरभित्र बस्ने गरेको उल्लेख छ ।

    भारत, पाकिस्तान, चीन र नेपालसहित १२ मुलुकमा ‘हाइ माउन्टेन एसिया’ क्षेत्रमा खतरा सबैभन्दा धेरै थियो । विश्वका अन्य क्षेत्रको तुलनामा चेतावनीको समय अझ छोटो बनाउँदै यस क्षेत्रमा धेरै मानिस हिमतालनजिकै बस्छन् । (एएफपी)

    बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: वैशाख २०८३
    आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer