• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार १५, २०८३
☰
सोमबार, असार १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

व्यास नगरपालिकाद्धारा आपत्कालीन केन्द्र सञ्चालन


  •   शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
  • काठमाडौं । तनहुँको एक पालिकाले आपत्कालीन केन्द्र सञ्चालन गरेको छ । सञ्चालनमा ल्याउनेमा व्यास नगरपालिका रहेको छ।

    Advertisement

    नगरपालिकाका अनुसार केन्द्रमा एम्बुलेन्सका साथै दमकल, शव वाहन, डोजर, ब्याक लोडर, उद्धार तथा राहतका लागि आवश्यक सामग्रीका साथै ‘फायर सिलिन्डर’ लगायत सामग्री तयारी अवस्थामा राखिएको छ।

    आपत्कालीन अवस्थामा खोज, उद्धार र राहत, प्राथमिक उपचार र क्षतिको लेखाजोखा जस्ता अत्यावश्यक सेवा सुनिश्चितताको लागि केन्द्र सञ्चालन गरिएको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो।

    नगर प्रमुख न्यौपानेले भन्नुभयो, ‘विपद्को जोखिमलाई न्यूनीकरण गर्दै प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपले सर्वसाधारणको जनधन, सार्वजनिक तथा निजी सम्पत्तिमा हुन सक्ने क्षतिलाई मध्यनजर गरेर केन्द्र सञ्चालन गरेका हौँ।’

    नगर क्षेत्रमा हुने विपद् व्यवस्थापन गर्न पालिकाले पूर्व तयारीका लागि संरचना निर्माण गर्नुका साथै आवश्यक सामग्री तयारी अवस्थामा राखेको नगर प्रमुख न्यौपानेले बताउनुभयो।

    सवारी दुर्घटना, आगलागी, बाढी पहिरो र अन्य विपद्बाट हुने क्षति कम गर्न नगरपालिकाले पूर्वतयारी गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सहकार्य गर्ने गरी आपत्कालीन केन्द्रको व्यवस्थापन गरिएको हो। आवश्यक साधन र कर्मचारीलाई दमौलीस्थित प्रमुख प्रशासकीय भवनमै व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ।

    जुनसुकै ठाउँमा जुनसुकै बेला विपद् आइलाग्न सक्ने हुँदा त्यसबाट बच्नका लागि पूर्वतयारी गर्न केन्द्रको समान दुई कक्षमा छुट्टाछुट्टै राखिएको घर नक्सा तथा विपद् शाखाका प्रमुख इन्जिनियर अमृत केसीले जानकारी दिनुभयो।

    केन्द्रबाट २४ घण्टा सेवा प्रदान हुने गरी व्यवस्थापन गरिएको विपद्को लागि ०६५–५६३०३४ नम्बरको टेलिफोनको व्यवस्था गरिएको उहाँले बताउनुभयो। विगत केही वर्ष अघि नै स्थापना गरिएको उक्त केन्द्र स्रोत र साधनको अभावले गर्दा निष्क्रिय रूपमा रहेको थियो भने अबका दिनमा विपद् आइपर्दा तत्काल राहत र उद्धार गर्ने हेतुले उक्त केन्द्र पूर्ण र सक्रिय रूपमा सञ्चालन गर्न लागिएको केसीले बताउनुभयो।

    केसीका अनुसार केन्द्रलाई प्रभावकारी बनाउन सात लाख रुपियाँको नयाँ सामग्री खरिद गरी थप गरिएको छ। बाढी पहिराले सडक अवरुद्ध हुँदा डोजर, बिरामीका लागि एम्बुलेन्स र आगलागी हुँदा दमकल आवश्यक पर्ने हुँदा नगरपालिकाले कर्मचारीसहित आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ।

    केन्द्र प्रभावकारी बनाउन भाद्र १९ गते नगर प्रमुख न्यौपानेको संयोजकत्वमा उपप्रमुख इन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे लगायतका सुरक्षा निकायका प्रमुखुहरु, नगर विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू र व्यास नगरपालिकाका कर्मचारीहरूको उपस्थितिमा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रको अनुगमन तथा अवलोकन गरिएको थियो। त्यसक्रममा आएका सुझावको आधारमा केन्द्र सञ्चालन गरिएको छ।(गोरखापत्र)

    शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १२ गते (२६

    • २.
      आज २०८३ साल असार १४ गते (२८

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    • ६.
      आज २०८३ साल असार १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer