काठमाडौं । युरोकप २०२४ को विजेता स्पेन युइएफए नेसन्स लिगको पहिलो खेलमै बराबरीमा रोकिएको छ । बिहीबार राति सर्बियाको घरेलु मैदान रेड स्टार स्टेडियम भएको पाहुना टोली स्पेन गोलरहित बराबरीमा रोकिएको हो ।
Advertisement
खेलमा ७४ प्रतिशत बल पोजिसन बनाएको स्पोनले घरेलु टोलीमाथि गोल भने गर्न सकेन । कुल २१ सट प्रहार गरेको स्पेनलले खेलमा कुनै गोल गरेन । यो बराबरीसँगै दुवै टोलीले एक-एक अंक बाँडेको छ । युरोकप २०२४ मा इंग्ल्याण्डलाई २-१ गोलले हराउँदै स्पेनले उपाधि जितेको थियो । एजेन्सी ।




