काठमाडौं । आज सातै प्रदेशमा मुसलधारे वर्षा हुने सम्भावना देखिएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
Advertisement
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा दक्षिणतिर अवस्थित छ।
सोही प्रभावका कारण आज दिउँसो कोशी, वागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना पनि छ।
आज राति देशभरको पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका थोरै स्थानमा पनि सोही प्रकृतिको वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, मधेश र वागमतीका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना पनि छ।




