• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार १५, २०८३
☰
सोमबार, असार १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

थारु समुदायमा आज अटवारी पर्व मनाइँदै


  •   आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
  • काठमाडौं । थारु बाहुल्य जिल्लामा आज अटवारी पर्व धूमधामका साथ मनाइँदै छ । थारु समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाउने गर्दछन् ।

    Advertisement

    अटवारी पर्वमा खास गरेर पुरुषहरू निराहार व्रत बसेर मनाउँछन् । दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर व्रत बसी साँझ गुइँठाको आगोमा सल्लाको धूप बनाइ बालेर भीमको पूजा गर्ने प्रचलन रहेको छ ।

    व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्निदेवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्याएर बाँकी भाग व्रतालुले खाने चलन रहेको थारु संस्कृतिविद् बेझलाल चौधरी बताउनुहुन्छ । उहाँका अनुसार प्रकृति पूजक थारु समुदायले खास गरेर यो पर्वमा सूर्यको पूजा गरेर मनाउँछन् । सूर्यलाई उज्यालो, अग्नी र शक्ति (ऊर्जा)को प्रतीकको रूपमा मानिन्छ ।

    दाजुभाइले दिदीबहिनीका लागि छुट्याएको भागलाई अग्रासन भनिन्छ । अट्वारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा व्रतालुले ग्रहण गर्छन् । अटवारी पर्व थारु समुदायले ठुलो पर्वका रूपमा मनाउने गरेको संस्कृतिविद् चौधरीको भनाइ छ ।

    उहाँका अनुसार थारु समुदायको बसोबास रहेको दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा अटवारी पर्वलाई विशेष महत्त्वका साथ मनाउने गर्दछन् ।

    अटवारी पर्वमा विशेष गरी माछा, गँगटा, घोँघीलगायत अन्य परिकार पकाउने गरिन्छ । आइतबार दिउँसोतिर गाउँका सबैजना मिलेर गैन्यारी काठ घोटेर चोखो आगो उत्पादन गर्ने चलन रहेको छ । उहाँले भन्नुभयो, ‘‘काठ घोटेर चोखो आगो उत्पादन गर्ने र त्यसैमा भीमलाई चढाउनलाई एकोहोरो रोटी पकाउने गरिन्छ । रोटी पाकेपछि सबै व्रतालुहरू स्नान गरी पूजामा सहभागी हुन्छन् ।’’ अटवारीमा माछाको सुखौरा विशेष मानिन्छ ।

    पाँच पाण्डवका चार भाइले खाना खानुभन्दा अगाडि आ–आफ्नो भागबाट आधा–आधा भाग भीमका लागि छुट्याउँथे, यसैगरी आज पनि थारुहरू अटवारीमा आफ्नो भागबाट आधा भाग भीमका लागि छुट्याएर मात्र खान्छन् । त्यसदिन व्रतालुहरू नुनलगायत जुठो मानिने अन्य खाने कुरा खाँदैनन् । यो पर्वमा खाना पकाउने जिम्मा व्रतालु पुरुषकै हुन्छ ।

    अटवारीमा साँझ र बिहान व्रतालुहरूले आ–आफ्नो भागबाट आधा–आधा निकाल्ने गरिन्छ । यो अग्रासनको अग्राधिकार व्रतालुको दिदीबहिनीको हुन्छ । अग्रासन दिन गएको बेला दिदीभाइ, दाइबहिनीहरू अटवारीको खुसीयाली साटासाट गर्ने भएकाले पनि अटवारी पर्वलाई चेली र माइतीको मिलनबिन्दु समेत भन्ने गरिएको संस्कृतिविद् चौधरी बताउनुहुन्छ ।

    अटवारी पर्वमा हराउँदै बर्कीमार गाथा

    बर्कीमार अटवारी पर्वमा महाभारतको कथामा आधारित रहेर गाइने गीत हो । पाँच पाण्डवमध्ये भीमको वीरता र शक्ति महिमासँग जोडिएको बर्कीमार गीत पछिल्लो समय हराउन थालेको प्रति थारु समुदायको चिन्ता छ ।

    बर्कीमार अटवारीको पर्यायका रूपमा रहेपनि पछिल्लो समय नयाँ पुस्ताले खासै चासो नदिँदा हराउन थालेको भन्दै चौधरी भन्नुहुन्छ, ‘‘थारु समुदायमा महाभारतको कथाको वृत्तान्तमा उल्लेख भएका धेरै जसो मिथक मिल्न जान्छ । पाँच पाण्डवको भक्ति साधना गरेर भीमको जस्तै शक्ति र बल प्राप्त होस् भनेर दिव्य साधना गर्ने परम्पराकालदेखि चल्दै आएको थियो तर पछिल्लो समय धेरै ठाउँमा बर्कीमार गाउने प्रचलन हराइसकेको छ ।’’

    पहिले अटवारी पर्व सांस्कृतिक र धार्मिक महत्त्वलाई उजागर गर्ने गरिएपनि पछिल्लो समय नयाँ पुस्ताले बिर्सिँदै जाँदा खानपान र मनोरञ्जनको रूपमा लिन थालिएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘‘पहिले घरमा पूजा गरेपछि चेलीबेटीका घरमा अग्रासन कोसेलीका रूपमा बाँड्ने गरिन्थ्यो । तर अहिले मौलिक पक्ष हराउन थालेको छ ।’’ नयाँ पुस्ताले आफ्नो संस्कृतिको अपनत्व महसुस नगर्दा धर्म, संस्कार र संस्कृति ओझेलमा पर्ने गरेको बताउनुहुन्छ ।(गोरखापत्र)

    आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १२ गते (२६

    • २.
      आज २०८३ साल असार १४ गते (२८

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    • ६.
      आज २०८३ साल असार १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer