• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार १५, २०८३
☰
सोमबार, असार १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पाथीभरा केबुलकारको समर्थनमा मोटरसाइकल र्‍याली


  •   आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
  • काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा निर्माण गर्न लागिएको केबुलकार परियोजनाको समर्थनमा फुङ्लिङमा मोटरसाइकल र्‍याली निकालिएको छ। विकासप्रेमी तथा सचेत युवा समूहको नाममा आइतबार सदरमुकाम फुङ्लिङमा र्‍याली निकालिएको हो।

    Advertisement

    केबलकार परियोजनाको प्रक्रिया सुरु भएदेखि नै विरोध हुँदै आएको र विरोधका कारण अहिलेसम्म काम थाल्नमा अवरोध पुगिरहेको बेला स्थानीय युवा जमातले स्वतःस्फूर्त रुपमा केबलकारको समर्थनमा र्‍याली निकालेका हुन्। फुङ्लिङस्थित नयाँ बसपार्कबाट सुरु भएको मोटरसाइकल र्‍याली बजार परिक्रमा गरी सुकेटार पुगेर पुनः बजार फर्किएर अन्त्य भएको थियो।

    जिल्लाको एक महत्वपूर्ण परियोजना केबलकार भएको भन्दै निर्माण पक्षलाई काम थाल्न र परियोजनाको विरोध गर्दै आएको समूहलाई काम वा विकासमा अवरोध नगर्न दबाब दिने उद्देश्यले मोटरसाइकल र्‍याली निकालेको युवाहरुले जनाएका छन्। यस्तै विकास परियोजनामा जिल्लाका युवाहरुको साथ रहेको सन्देश प्रवाह गर्न पनि र्‍याली निकालेको उनीहरुको भनाइ छ।

    मोटरसाइकल र्‍यालीमा करिव दुईसय ५० भन्दा बढी युवाको सहभागिता थियो। र्‍यालीमा नेपाली काँग्रेस निकट नेपाल तरुण दल, नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपाल, नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लीग (वाइसीएल) नेपालमा आबद्ध र अन्य युवाहरु सहभागी भएका थिए। जिल्लामा भित्रिएको विकास परियोजनामा अवरोध पुर्‍याउनु दुःखद भएको बताउँदै वार्ता र संवादको माध्यमबाट समाधान खोज्नुपर्नेमा पनि युवाहरुले जोड दिएका छन्।

    यता केबलकार परियोजनाको विरोध गर्दै आएको समूह मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति र पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति लगायतले सोमबारदेखि पाथीभरा सडकमा अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका छन्। केबलकार परियोजनाको निर्माण अनुमति खारेजीको माग गर्दै उक्त दुई सङ्घर्ष समिति विभिन्न छ वटा समूहले संयुक्त विज्ञप्ति जारी गर्दै यातायात बन्द आह्वान गरेका हुन्।

    केबलकार निर्माण अनुमति खारेज नभएसम्मका लागि सदरमुकाम फुङ्लिङ बजारदेखि काफ्लेपाटीसम्मको पाथीभरा सडकमा अनिश्चितकालीन यातायात बन्द आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ। उता केबलकार परियोजनाको विरोध गर्दै आएका समूहले यातायात बन्द आह्वान गरेपछि फुङ्लिङ नगरपालिकाले नगरपालिकाभित्र कुनै पनि राजनीतिक दल, सङ्घ संस्था तथा अन्य समूहका नाममा यातायात र शिक्षण संस्था बन्द गर्न नपाउने निर्णय गरेको छ।

    गएको शुक्रबारदेखि नै लागू हुनेगरी नगरपालिकाले कार्यपालिकाको बैठक बसी उक्त निर्णय गरेको जनाएको छ। दसैँ तिहारजस्ता चाडपर्व नजिकिएको र पाथीभरा दर्शनको मौसम सुरु भई सकेकाले यातायातसहितका बन्द, हड्ताल नगर्न सबै पक्षलाई नगरपालिकाले आग्रहसमेत गरेको छ।

    पाथीभरामा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) देवी दर्शन केबुलकार प्रालिले केबुलकार निर्माण गर्न लागेको हो। प्रालिले केबलकार परियोजनाको प्रक्रिया सुरु गरेदेखि नै आदिवासी जनजाति लिम्बू समुदायको धार्मिक मुन्धुमीस्थल मािथ अतिक्रमण गर्न लागिएको भन्दै विभिन्न सङ्घर्ष समिति गठन निर्माण गरी विरोध गर्न थालिएको हो।

    परियोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहितका प्रक्रिया पुरा भई रुख कटानसमेत भइसक्दा पनि विरोधकै कारण निर्माणको काम सुरु गर्नमा अवरोध पुग्दै आएको छ। विरोध गर्दै आएको पक्षले शनिबार मात्र पाथीभरा धाम परिसरमै पत्रकार सम्मेलन गर्दै कुनै पनि हालतमा केबलकार निर्माण गर्न नदिने अडान दोहोर्‍याएका छन्।(गोरखापत्र)

     

     

    आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १२ गते (२६

    • २.
      आज २०८३ साल असार १४ गते (२८

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    • ६.
      आज २०८३ साल असार १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer