• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार १५, २०८३
☰
सोमबार, असार १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘न्वांगी’ चाड मनाउदै चेपाङ समुदाय


  •   आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
  • काठमाडौं । चेपाङ समुदायले महान् चाड ‘न्वांगी’ चितवन जिल्लामा धूमधामसँग मनाएका छन् । चितवनमा चेपाङहरूको बाक्लो बसोबास रहेको कालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका बस्तीहरूमा यो पर्व मनाइएको हो ।

    Advertisement

    नेपाल चेपाङ सङ्घ कालिका नगर कमिटीको आयोजनामा शक्तिखोरमा वृहत् सांस्कृतिक कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले भाषा संस्कृति माथि भइराखेको प्रहारलाई रोक्न यस्ता कार्यक्रमले धेरै मदत पुग्ने बताउनुभयो ।

    उहाँले विभिन्न जातजाति धर्मको अलग्गै पहिचान बोकेको यो समाजमा चेपाङ समुदायको भाषा संस्कृति जगेर्ना गर्न सरकार प्रतिबद्ध भएको बताउनुभयो । उहाँले आर्थिक रूपमा विपन्न भएका चेपाङ समुदाय उत्पादनसँग जोडिन अनुरोध गर्नुभयो । आर्य आर्जनमा सहभागी हुनेलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नो आम्दानी अनुसार खर्च गर्ने संस्कार बसाल्न सकेमा आर्थिक सङ्कटबाट टाढा रहन सकिने बताउनुभयो ।

    नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठले विगतमा भन्दा फरक व्यवस्था आएकाले अब सधैँ अभाव र बिलौना गरेर बस्न नहुने बताउनुभयो । चेपाङ समुदायबाट उच्च शिक्षा अध्ययन गर्ने, राजनीतिक चेतना भएका, परिवर्तनमा सहभागी भएकाहरू यही समाजमा छन् । ती अगुवाहरुनै राजनीतिक नेतृत्वमा आएर समाज परिवर्तन गर्नु पर्ने बताउनुभयो । चेपाङ समुदायबाट संविधान सभा सदस्य भइसकेको प्रदेशमा मन्त्री भइसकेका छन्, उहाँले भन्नुभयो, अब स्थानीय पालिका प्रमुख भएर आफ्नो क्षमता विकास गर्न सुझाव दिनुभयो ।

    कार्यक्रममा नेपाल चेपाङ सङ्घका केन्द्रीय सदस्य डिल्लीराम चेपाङले लिपिको संरक्षण गर्नु आवश्यकता भएको बताउनुभयो । विदेशी भाषा र अन्य भाषाले चेपाङको मौलिकता हराउन थालेको भन्दै चेपाङ भाषाको लिपि सुरक्षित राख्नु पर्नेमा जोड दिनुभयो । २०७२ को संविधानपछि पालिकाहरू निर्माण गर्न चेपाङ जातिको संरक्षणमा ध्यान नपुगेको बताउनुभयो ।

    चितवनको कोराक, लोथर, सिद्धिलाई गाउँपालिका नै कायम राख्न माग गर्नुभयो । गाउँपालिका भएमा त्यहाँको सरकार चेपाङ जातिले नै सञ्चालन गर्ने अवसर पाउने बताउनुभयो । कालिका नगर कमिटीका अध्यक्ष कृष्णबहादुर चेपाङले स्थानीय सरकार विपन्न चेपाङ समुदायको संरक्षणमा लाग्नु पर्ने बताउनुभयो ।

    यस्तैगरी पूर्वी चितवनको चेपाङ बालबालिकालाई आवासीय शिक्षा दिइरहेको गामबेसी चेपाङ संरक्षण केन्द्र रत्ननगरले पनि ‘न्वागी’ मनाएको छ । गाउँबाट आएका चेपाङका गुरु पान्देहरुले अन्नपातमा पूजापाठ गरेपछि खाना खुवाइएको थियो । चेपाङका गुरु पान्दे अमृतलाल चेपाङले सबै चेपाङ बस्तीहरूमा धूमधामका साथ मनाउने गरिएको बताउनुभयो। यो पर्व लोप हुने जोखिम रहेकाले संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले चेपाङ समुदायका युवा पुस्ताहरूमा आफ्नो चाडपर्व, संस्कृति बिर्सँदै गएकाले केन्द्रमा आश्रित बालबालिकाहरूलाई पर्वको जर्गेना गर्न धूमधामका साथ पान्दे बोलाएर पर्व मनाइएको बताउनुभयो । उहाँले विगतदेखि नै यसरी केन्द्रमा न्वागी मनाउने गरिएको जानकारी दिनुभयो । केन्द्रमा हाल १५० जना चेपाङ बालबालिकाहरू आवासीय रूपमा अध्ययन गरिरहेका छन् ।

    साउन महिनामा बाहिरिएको भगवान् भदौ महिनामा आउने र नयाँ अन्नबालीसँग पूजापाठ गरी मात्र भोजन गर्ने परम्परा रहेको छ । न्वागीको दिन घैया धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाई खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ। यसका लागि चेपाङ झाक्रीहरुले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बली चढाउने गर्दछन् ।

    राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको नेपाल चेपाङका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताउनुभयो ।

    चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङ गरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ ।(गोरखापत्र)

    आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १२ गते (२६

    • २.
      आज २०८३ साल असार १४ गते (२८

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    • ६.
      आज २०८३ साल असार १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer