• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

गुगललाई दिने सजाय छिटो निर्क्योल गर्न अमेरिकी न्याय विभागलाई अदालतको अल्टिमेटम


  •   सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । शुक्रबार एक संघीय न्यायाधीशले अमेरिकी न्याय विभागलाई गुगललाई कसरी सजाय दिनुपर्छ भन्ने खाका तयार गर्न यो वर्षको अन्त्यसम्मको समय दिएको छ।

    Advertisement

    इन्टरनेट सर्च बजारमा अवैध रूपमा एकाधिकार कायम गरेकोमा गुगललाई के कसरी सजाय दिनुपर्छ भन्ने खाका तयार गर्न र आगामी वसन्त ऋतुमा सजाय लागु गर्नको लागि आफ्नो केस प्रस्तुत गर्न ती न्यायाधीशले न्याय विभागलाई तयारी गर्न अल्टिमेटमसहितको आदेश दिएका हुन् ।

    अमेरिकी जिल्ला न्यायाधीश अमित मेहताले दिएको यस खुला समयसीमाको रूपरेखा गत महिनामा गुगललाई उनले एउटा निर्दयी एकाधिकारवादीको नाम दिएकोनिर्णयपछिको पहिलो अदालत सुनुवाइको क्रममा आएको हो।

    अन्तर्राष्ट्रिय समाचार संस्था एपीन्युजका अनुसार मेहताको निर्णयले गुगललाई लामो समयको दुर्व्यवहारको लागि कसरी दण्डित गरिनुपर्छ भन्ने कुराको निर्क्योल गर्न साथै भविष्यमा सम्भावित दुरुपयोग रोक्न अन्य परिवर्तनहरू गर्न बाध्य पार्नको लागि कानूनी प्रक्रियाको अर्को चरणको आवश्यकता भएको देखाएको छ ।

    वाशिङ्टन डी.सी. मा शुक्रबारको सुनुवाईअघि केही हप्ताको अवधिमा न्याय विभाग र गुगलका वकिलहरू सजाय चरणको समय तालिका कसरी अघि बढाउनुपर्छ भन्नेमा सहमतिमा पुग्न सकेनन्।

    यसपछि मेहतालाई अमेरिकामा मनाइने श्रमिक दिवसको छुट्टीअघि सजायको निर्णयमा पुग्ने आशामा तिनीहरूलाई अघि बढाउनुपर्ने दिशानिर्देशन दिन प्रेरित गर्यो। त्यसलाई पूरा गर्नका लागि मेहताले सजाय चरणको सुनुवाइ आगामी वसन्तमा गराउन चाहेको संकेत दिए।

    न्यायाधीशले मार्च र अप्रिल आफ्नो अदालतको क्यालेन्डरमा सबैभन्दा उपयुक्त महिना जस्तो देखिने बताए। यदि मेहताको समयसीमा सफल भएको खण्डमा गुगलको एकाधिकारको सजाय सम्बन्धी निर्णय न्याय विभागले पाँच वर्षअघि दायर गरेको मुद्दाको नतिजास्वरूप गत शरद ऋतुमा १० हप्ताको एकाधिकार परीक्षण भएको करिब पाँच वर्षपछि आउनेछ।

    यो १९९० को दशकको अन्त्यतिर माइक्रोसफ्टले आफ्नो व्यक्तिगत कम्प्युटर बजारमा गरिएको दुराचारको लागि नियामकहरूको निशानामा परेकाको समयमा जस्तै भएको समाचारमा उल्लेख छ।

    न्याय विभागले अहिलेसम्म गूगललाई कति कडा रूपमा सजाय दिनुपर्छ भन्ने कुनै संकेत दिएको छैन। सबैभन्दा सम्भावित लक्ष्यहरू गूगलले एप्पल, सामसङ, र अन्य टेक कम्पनीहरूसँग लामो समयदेखि गरेको सम्झौताहरू हुन्, जसले यसको सर्च इन्जिनलाई स्मार्टफोन र वेब ब्राउजरहरूमा डिफल्ट विकल्प बनाउँछ।

    प्रतिफलस्वरूप निश्चित खोज ट्राफिकको लागि गूगलले आफ्ना साझेदारहरूलाई वार्षिक रूपमा २५ अर्ब डलरभन्दा बढी भुक्तानी गर्दै आएको छ — जसमा अधिकांश पैसा एप्पललाई आईफोनमा आफ्नो प्रमुख स्थानको लागि दिइन्छ।

    अझ कठोर अवस्थामा न्याय विभागले गुगललाई क्रोम वेब ब्राउजर र एन्ड्रोइड सफ्टवेयरजस्ता आफ्ना केही व्यवसायहरु छोड्न बाध्य पार्न सक्ने प्रयास गर्न सक्छ। किनकि यी दुवैले पनि सर्च ट्राफिकलाई सुरक्षित गर्छन्।

    शुक्रबारको सुनुवाइमा न्याय विभागका वकिलहरूले उनीहरूलाई एक व्यापक प्रस्तावको लागि पर्याप्त समय चाहिने बताए। उक्त समयमा गुगलले कसरी एआईको प्रयोग गर्न थालेको छ र त्यो प्रविधिले बजारलाई कसरी परिवर्तन गर्न सक्छ भन्ने कुरा पनि समावेश गर्नेछ।

    मेहताले दुवै पक्षलाई १३ सेप्टेम्बरसम्म प्रस्तावित समयरेखा दर्ता गर्न समय दिए, जसमा न्याय विभागले २०२५ भन्दा अघि आफ्नो प्रस्तावित सजाय खुलासा गर्नुपर्नेछ।(एजेन्सी)

    सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: वैशाख २०८३
    आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer