काठमाडौं । आज भाद्र २५ गते, यसपालीको वर्षातको समय अझै जारी छ । यसैमा जल तथा मौसम विज्ञान विभागका अनुसार आज ३ वटा प्रदेशमा मुसलधारे वर्षा हुने सम्भावना बताएको छ।
Advertisement
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। सोही प्रभावका कारण आज दिउँसो कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना छ।
आज राति कोशीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।




