• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार २३, २०८३
☰
मङ्गलबार, असार २३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जति पढे पनि परीक्षामा बिर्सनु हुन्छ ? त्यसो भए यि ७ काम गर्नुहोस्, बिर्सिदैन


  •   बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
  • काठमाडौं । जति पढे पनि परीक्षाका बेला खाली दिमाग हुने समस्याले तपाईं पीडित बन्नु भएको छ भने तपाईंका लागि केही उपाय छन् । ती अपनाउन जरुरी छ ।

    Advertisement

    अध्ययन शैलीलाई परिवर्तन गरी कलात्मक ढंगले पढ्न थाल्नुभयो भने लामो समयसम्म तपाईले सम्झन सक्नुहुन्छ । घोकेको कुरा लामो समयसम्म दिमागमा बस्दैन । एक घन्टा पढ्दा २० मिनेट आराम गर्नुपर्छ ।

    त्यसैले खानामा यस्तो खाद्यको प्रयोग बढाउनुपर्छ । सकेसम्म रातिभन्दा बिहान पढ्ने बानीको विकास गर्दा राम्रो मानिन्छ । राति अक्सिजन कम हुँदै जाने भएका कारण पढेको सम्झन गाह्रो हुन्छ । बिहान ४ बजेदेखि ९ बजेसम्मका लागि पढ्न उपयुक्त समय भएको मानिन्छ ।

    तपाईंले पढेको कुरा सम्झना गर्न निम्न विधि अपनाउनुहोस्:

    लेखेर पढ्नु उत्तम

    पढेको कुरा सम्झनका लागि लेखेर पढ्नु राम्रो हो । एकैचोटी परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन । परीक्षा दिँदा एउटा प्रश्न कम्तीमा ३ चोटि अभ्यास गर्दा सजिलो हुन्छ । घरमा पहिले नै प्रश्न बनाएर खभ्यास गर्दा आत्मवल समेत बढ्छ ।

    महत्वको कुरा पहिचान गर्ने

    यो सबैभन्दा उपयुक्त बानी हो । महत्वपूर्ण कुरा पहिचान गरी त्यसलाई अन्डरलाइन गरेर पढ्ने गर्नुपर्छ । कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्को पटक आफूलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहोर्‍याउँदा सम्झन सजिलो हुन्छ ।

    सारांश बनाएर पढ्ने

    कतिपय फर्मुलाका बुँदा लामो र दिक्कलाग्दा हुन्छन् । सम्झन अप्ठ्यारो हुन्छ । विज्ञान, अर्थशास्त्र र गणितका सूत्रहरु सम्झन सट्कट बनाउँदा सजिलो हुन्छ । जस्तै गुड् म्यानेजरका क्वालिटी के हो भनेर अध्ययन गर्दा मानौँ ५ वटा पोइन्ट छ भने स्मार्ट भनेर पढ्ने जसको पूरा फुलफर्म एस भनेको स्पेसिफिक, एम भनेको मेजरेबल, आर भनेको रियलस्टिक, टि भनेको टाइम बाउन्डिङ हुन्छ । यसरी पढ्दा निकै सहज हुन्छ।

    नोट आफैँ बनाउने

    आफूले पढेको कुरा आफै नोट बनाउनुपर्छ । जसले गर्दा नोट हेर्दा पनि पहिलेको कुरा दोहोरिन्छ । धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ । शिक्षकले भनेको केही प्वाइन्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने विधि सजिलो हो । आफूले लेखेको कुरा प्रायः बिर्सिइन्न ।

    महत्त्वपूर्ण कुरा मनन गर्ने

    पढ्ने लेख्ने र सोही कुरा मनन गर्न सके हत्तपत्त बिर्सिदैन । त्यसमा पनि महत्वपूर्ण कुरा सम्झनामा आए धेरै सजिलो हुन्छ । महत्वपूर्ण कुरामा मनन गर्नु फाइदाजनक हुन्छ भन्ने बुझ्नु पर्छ ।

    धेरै प्रश्न गर्ने बानी गर्ने

    पढेको कुरालाई धेरै प्रश्न उत्तर गर्दा पछिसम्म सम्झन सकिन्छ । साथीहरुबीच प्रश्नोत्तर गरेर पढ्दा जति फाइदा अरूमा हुन्न । सानो टिम बनाउने, फर्मुला, पोइन्ट, परिभाषा आदिबारे एकअर्कासँग सोध्ने, यसले गर्दा आफूलाई के आउँछ, आउँदैन भन्नेबारे जानकार भइन्छ । आफ्नो कमी कमजोरी भएको विषयमा थप मिहिनेत गर्न सहज हुन्छ ।

    तालिका बनाएर पढ्ने

    पढेका कुरालाई तपाईले आफू अनुकुल व्याख्या हुने गरी तालिका बनाउन सक्नुहुन्छ । यसले तपाईको सिर्जनात्मकता पनि झल्कन्छ अनि सम्झने शक्ति पनि बढ्छ ।

     

    बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १८ गते (२

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५

    • ४.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer