काठमाडौं । लामो समयदेखी बन्द रहेको नेपालको पहिलो केबलकार ‘मनकामना केबलकार’ यही असोज १ गतेबाट पुन सुचारु हुने भएको छ । मर्मतका लागि गत साउन ३१ देखि बन्द रहेको यो केबलकारको मर्मत कार्य करिब सम्पन्न भएकाले छिट्टै सञ्चालन गर्न लागेको हो ।
Advertisement
केबलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबलकार बन्द रहेको मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गरिसकिएकोे मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
उनका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेरिएको छ । स्थापनाको २६ वर्षमा मुख्य केबल तार(लट्ठा) फेरिएको जनाइएको छ ।




