• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार १५, २०८३
☰
सोमबार, असार १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

व्यावसायिक सफलतामा लोभलाग्दो संस्थान: साल्ट ट्रेडिङ


  •   बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । सरकारी स्वामित्वका धेरैजसो सार्वजनिक संस्थानहरू धरासायी हुँदै, टाट पल्टिँदै र बन्दसमेत हुँदै गइरहेको अवस्थामा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले विगतदेखि नै व्यावसायिक सफलता हासिल गर्दै आएको छ । सहज र सुपथ मूल्यमा खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तु आपूर्ति गर्दै मुलुकको आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएको साल्ट ट्रेडिङ नेपालमा पहिलो सार्वजनिक, निजी, साझेदारी (पिपिपी) मोडलको कम्पनी हो । देशभर आयोडिनयुक्त नुन सहज आपूर्ति होस् वा खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुको बजार मूल्य, व्यापारीहरूबाट हुने सिण्डिकेट, कार्टेलिङ र कालोबजारी नियन्त्रणमा कम्पनीले महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

    Advertisement

    तत्कालीन सरकारले नुन आपूर्ति व्यवस्थापन मिलाउने उद्देश्यका साथ वि.सं. २०२० भदौ २७ गते साल्ट टे«डिङको स्थापना गरेको थियो ।
    तत्कालीन समयमा खासगरी ग्रामीण उपभोक्ताले आफूहरूले नुन पनि नपाएको गुनासोपछि सरकारले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका व्यापारीसमेतको लगानीमा साल्ट टे«डिङ स्थापना गरेको हो । कम्पनीका विभागीय प्रबन्धक ब्रजेशकुमार झाका अनुसार वि.सं. २०१९ सालमा तत्कालीन राष्ट्र प्रमुख(राजा महेन्द्र)को पूर्वाञ्चल पहाडी क्षेत्रको भ्रमणका क्रममा त्यहाँका जनताले ‘नुन खान पाइएन सरकार’ भनेर गुनासो गरेपछि राजा काठमाडौैं फर्किएपछि देशैभरि नुनको कारोबार गर्ने व्यापारीलाई अनिवार्य रूपमा सेयर होल्डर बनाएर सरकारसमेत सेयर होल्डर रहने गरी साल्ट टे«डिङको स्थापना गरिएको थियो । साल्ट ट्रेडिङ स्थापनाअघि सरकारले विभिन्न क्षेत्र र मात्रा तोकेर विभिन्न व्यक्तिलाई नुन आयातकोे अनुमति दिँदै आएको थियो ।

    व्यवसायमा विविधीकरण
    सुरुमा नुनको मात्रै कारोबार गर्र्ने उद्देश्यले स्थापना भए पनि कम्पनीले क्रमिक रूपमा व्यवसायमा विविधीकरण गर्दै लगेको थियो । आयोडिनयुक्त नुन देशभर सहज बनाउन र हरेक वर्ष हुने नुुनलगायत विभिन्न खाद्यवस्तुको अभाव एवं कालोबजारी रोक्न कम्पनीले व्यवसाय विविधीकरण गर्दै गएको हो ।

    नुन, चिनी, चामल, पिठो, तेल, दाललगायत दैनिक उपभोग्य वस्तुमात्रै नभई पछिल्लो समय कम्पनीले कृषि क्षेत्रका लागि रासायनिक मलसमेत आपूर्ति गर्दै आएको छ । व्यवसाय विविधीकरणकै सुरुवातका रूपमा कम्पनीले नेपालमै पहिलोपटक खाद्य उद्योग लिमिटेड नामक मैदा मिल सञ्चालनमा ल्याएको थियो । त्यसपछि वनस्पति घिउ उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, मोरङ सुगर मिल, नेसनल फाइनान्स लिमिटेड, सगरमाथा इन्स्योरेन्स, मेट्रो ग्याँस उद्योग, उपहार हाउजिङ, हिमालय प्याकेजिङ उद्योगमा लगानी गरेको थियो । वनस्पति घिउ, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखानालगायत केही उद्योग हाल बन्द छन् । २०३० सालमा नेपालकै पहिलो मैदा मिलका रूपमा कम्पनीले स्थापना गरेको मैदा मिलको मुख्य उद्देश्य नेपालमै उत्पादित गहुँको बजारीकरण, प्रशोधन गरी मैदा, आँटा, सुजी र चोकरलगायत स्वदेशी उत्पादन प्रवद्र्धन, औद्योगिकीकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापन रहेको थियो ।

    बजार मूल्य नियन्त्रणमा भूमिका
    साल्ट ट्रेडिङको सहज र सुपथ मूल्यमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनमा भूमिका छँदैछ । त्यतिमात्रै नभई खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा हुने महँगी नियन्त्रणमा समेत भूमिका खेल्दै आएको विभागीय प्रबन्धक झा बताउनुहुन्छ । उहाँका अनुसार कम्पनीले नाकाबन्दी र कोरोना महामारीका बेला आपूर्ति शृंखला प्रभावित हुन दिएन । निजी क्षेत्रका कतिपय व्यापारीले संकटमा ग्याँस, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा कालोबजारी, सिण्डिकेट र कार्टेलिङ गरे तर उपभोक्तालाई ग्याँसलगायतका खाद्यवस्तु उपलब्ध गराउँदै साल्ट ट्रेडिङ कालोबजारी र सिण्डिकेटविरुद्ध झनै सशक्त रूपमा प्रस्तुत भएको थियो ।

    त्यसो त साल्ट ट्रेडिङ स्थापनापछि पनि निजी क्षेत्रलाई नुन कारोबार गर्न दिने प्रयास नभएका होइनन् । केही व्यवसायीले यसमा लबिङ गरेका हुन् तर चौतर्फी दबाबपछि सरकारले साल्ट ट्रेडिङभन्दा अन्यलाई आयात गर्न नदिने नीति लियो । उक्त नीतिविरुद्ध एउटा नुन उद्योगले हालेको मुद्दा सर्वाेच्च अदालतले २०६१ सालमा खारेज गरिदिएको थियो । सोही कारण पनि नुन कारोबारमा निजी क्षेत्रको चलखेल निस्तेज हुन पुगेको थियो । तथापि कतिपय व्यवसायीले अझै पनि आयोनुन जनस्वास्थ्यका लागि हानिकारक रहेकोे र आयोनुनको विकल्पमा अन्य नुन उपयोग गर्नुपर्ने भन्दै आयोनुनलाई निरुत्साहित गर्ने प्रयास गर्दैछन् ।

    नेपालमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्या दृष्टिगत गर्दै सरकारले २०३० सालमा नुनमा आयोडिन मिसाउने नीति लियो ।
    सन् १९६५ को सर्वेअनुसार ५५ प्रतिशत जनता आयोडिनको कमीले हुने रोगबाट कुनै न कुनै रूपमा प्रभावित थिए । विश्व स्वाथ्य संगठन(डब्ल्युएचओ)। नेपाल सरकारसहितको सहकार्यमा भएको सर्वेमा चार प्रतिशत मानिस सुस्त मनस्थितिका देखिएका थिए । साल्ट टे«डिङका अनुसार नुनमा आयोडिन मिसाएर बिक्रीवितरण थालिएपछि आयोडिन कमीका कारण हुने समस्या न्यूनीकरण हुँदै गयो ।

    गर्भावस्थामा आयोडिन कमी हुँदा बच्चा तुहिने, जन्मिए पनि लुलो लँगडो जन्मने, महिलामा बढी रक्तस्राव हुने, महिनावारी अनियमित हुनेजस्ता समस्या समाधान भए । आयोडिन कमीले पशुमा समेत असर पर्ने गर्छ । आयोडिन पर्याप्त भए गाईवस्तुले १५ प्रतिशतभन्दा बढी दूध दिने गर्छन् । सन् २०१६ मा गरिएको अध्ययनले ९४.५ प्रतिशत नागरिकमा यथेष्ट रूपमा आयोडिनयुक्त नुन पुगेको देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको नुनको मापदण्डअनुसारको नुन मुलुकका सबै ठाउँमा पुगेको अध्ययनबाट देखियो । डब्लुएचओले नुनमा ५० प्रतिशत पिपिएम आयोडिन भएको हुनुपर्ने मापदण्ड तोकेको छ । त्यस्तै खाना खानेबेलासम्म कम्तीमा १५ पिपिएम आयोडिनको मात्रा हुनुपर्ने मापदण्ड छ । डब्लुएचओले तोकेको मापदण्ड नेपालले पूरा गरेको छ ।

    साल्ट टे«डिङकै कारण जस्तोसुकै संकटमा पनि नेपालमा नुनको हाहाकार हुन पाएको छैन । भारतले २०४६ सालमा गरेको नाकाबन्दीको बेला पनि कम्पनीले छ महिनाका लागि स्टक राखेकाले नुनको मूल्य र आपूर्ति प्रभावित हुन पाएन भने २०७२ सालको नाकाबन्दीमा पनि समस्या आएन ।

    सामाजिक उत्तरदायित्वतर्फको अग्रसरता
    साल्ट ट्रेडिङ संस्थागत सामाजिक उत्तरदायित्वतर्फका गतिविधिमा पनि खरो रूपमा प्रस्तुत हुँदै आएको छ । प्रचारमा आइरहेको एउटा कार्यक्रम त हेमबहादुर मल्ल सम्मान भइहाल्यो । जुन साल्ट ट्रेडिङ सँगकै सहकार्यमा नेपाल जनप्रशान संघले हरेक वर्ष नगदसहितको सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसबाहेक पनि कम्पनीले विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ । कम्पनीले २०४५ सालदेखि बाल हितकारी पुरस्कार प्रदान गर्दै आएको छ भने विभिन्न हितकारी संस्थामार्फत् शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।

    विगतमा पाणिनी पुरस्कार पनि प्रदान गर्दै आएको थियो । त्यसो त कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वको इतिहास लामो छ । कम्पनीले २०३० सालमा आगलागीबाट क्षति भएको सिंहदरबार पुनर्निर्माणमा एक लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो भने नेपाल आँखा अस्पताल स्थापनार्थ २०३२ सालमा एक लाख रुपैयाँ, राजा कुमार दिपक जंगबहादुर सिंहको संयोजकत्वमा बझाङमा स्थापना भएको क्याम्पसका लागि २०३८ सालमा ११ हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो । यसबाहेक पनि कम्पनीले विभिन्न संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।(हिमालय टाईम्स)

    बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १२ गते (२६

    • २.
      आज २०८३ साल असार १४ गते (२८

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    • ६.
      आज २०८३ साल असार १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer