• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार १५, २०८३
☰
सोमबार, असार १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यातायात समिति नवीकरण नगर्ने मन्त्रिपरिषदको निर्णय सर्वोच्चद्वारा बदर


  •   बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समिति नवीकरण नगर्ने र सम्पत्ति जफत गर्ने सरकारको निर्णय बदर गरेको छ । २० भदौ २०७५ मा कोशी बस व्यवसायी संघ तथा पूर्वाञ्चल यातायात व्यवसायी संघले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले यातायात समिति नवीकरण नगर्ने र सम्पत्ति जफत गर्ने तत्कालीन मन्त्रिपरिषदको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो । ४ वैशाख २०७५ को मन्त्रिपरिषद बैठकले यातायात क्षेत्रसँग सम्बन्धित संघ संस्थाको दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको थियो । सर्वोच्चको यो फैसलासँगै यातायात समितिहरु नवीकरण गर्न बाटो खुलेको छ, त्यस्तै समितिको नाममा रहेका सम्पत्तिहरु पनि उनीहरुकै हुने भएको छ ।

    Advertisement

    २० चैत २०८० मा भएको सो फैसलाको पूर्णपाठ हालसालै सार्वजनिक भएको छ । अदालतले संघ संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई अस्तित्वमा रहेका यातायात समितिहरुको नवीकरण गर्ने वा नगर्ने अधिकार सम्बन्धित प्रमुख जिल्ला अधिकारीको हुने भन्दै यसमा मन्त्रिपरिषदले निर्णय गर्नु कानुन विपरीत हुने ठहर गरेको हो । मन्त्रिपरिषदको निर्णयको आधारमा गृहमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेतको बैठकले ३१ असार २०७५ मा यातायात व्यवसायीहरुको संघ संस्था दर्ताको प्रमाणपत्र नवीकरण नगर्ने, दर्ता खारेज गर्ने र सो संस्थाको सम्पत्ति जफत गर्ने लगायतका निर्णय गरेको थियो । सोसँग सम्बन्धित परिपत्र समेतका आधारमा जिल्ला प्रशासन कार्यालयहरुले नवीकरण रोकेका थिए ।

    सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सो निर्णयसहित त्यसका आधारमा भएका सबै काम कारवाही कानुनसम्मत नदेखिएकोले उक्त निर्णयहरू र सो निर्णय कार्यान्वयनसँग सम्बन्धित सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशले बदर गरिदिएको हो । ‘निवेदक संस्थाको दर्ता प्रमाणपत्र कानुन बमोजिम नवीकरण गरी सम्पत्ति जफत गर्ने निर्णय भएको निवेदक समेतको सम्पत्तिको रोक्का फुकुवा गर्नू भनी विपक्षीहरूको नाममा परमादेश समेत जारी हुने ठहर्छ’, फैसलामा भनिएको छ ।

    अदालतले संस्था दर्ता ऐन २०३४ को दफा १४ मा संस्थाको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा अन्य कुनै कारणवश संस्था विघटन भएमा त्यस्तो संस्थाको सम्पूर्ण जायजेथा नेपाल सरकारमा सर्ने व्यवस्था छ । अदालतले ऐनले तोकेका विधि प्रक्रिया विना कसैलाई पनि कुनै कारवाही गर्न नमिल्ने व्याख्या पनि गरेको छ । कानुनले प्रष्ट रूपमा नियमन अधिकारी तोकेको अवस्थामा सो नियमन अधिकारीबाहेकका अन्य कसैले गर्ने कार्य कानुनी शासन अनुकुल नहुने र त्यस्तो कार्यले वैधानिकता प्राप्त गर्न नसक्ने फैसलामा उल्लेख छ । नेपाल सरकारलाई संस्थालाई निर्देशन दिन सक्ने अधिकार भए पनि त्यसभित्र संस्थाको नवीकरण गर्न इन्कार गर्ने वा खारेजी वा विघटन गर्ने सम्पत्ति जफत गर्ने अधिकार समेत निहित रहेको भनी अनुमान गर्न नमिल्ने फैसलामा उल्लेख छ ।

    कुनै व्यक्ति वा संस्थाको विरूद्ध कुनै निर्णय गर्दा त्यस्तो व्यक्ति वा संस्थालाई आफ्नो कुरा भन्ने अवसर दिनुपर्नेमा सुनुवाइको मौकासमेत नदिई यातायात समितिहरु नवीकरण नगरिएको अदालतको ठहर छ । यसरी भएको निर्णय प्रकृतिक न्यायको सिद्धान्त विपरीत हुने भन्दै सरकारले गरेको निर्णयको आधारमा यातायात समितिहरुको चल अचल सम्पत्ति नेपाल सरकारमा सर्ने वा निवेदकको सम्पत्ति जफत गर्ने वा निवेदकको बैंक खाता रोक्का गर्ने भन्ने निर्णय नेपाल सरकारले गर्न नसक्ने फैसलामा उल्लेख छ ।

    पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार
    सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश डा. कुमार चुडालको इजलासले कारण देखाऊ आदेश भने जारी गरेको छ । यही भदौ २० गते पर्यटन बोर्डको कार्यकारी समितिको निर्णयअनुसार, सीईओमा दीपकराज जोशी नियुक्त हुनुभएको थियो । दोस्रो नम्बरमा रहनुभएका जोशीको नियुक्ति कानुनविपरीत भएको दाबीसहित सीईओका अर्का दाबेदार धनञ्जय रेग्मीले मंगलबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रेग्मीले परीक्षा लिइसकेपछि दोस्रो व्यक्तिलाई नियुक्त गर्न नमिल्ने दाबी गर्दै पहिलो नम्बरमा रहेका व्यक्तिलाई नियुक्त गर्न अन्तरिम आदेशको माग गर्नुभएको थियो । उहाँले दोस्रो वरीयताका व्यक्तिालाई नियुक्तिका लागि बोर्डले अंक लुकाएको भन्दै ‘नियुक्ति बदर’को माग गर्नुभएको थियो । प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरेको उहाँको दाबी थियो । उनले अंक झिकाउन आदेश पनि माग गर्नुभएको थियो ।

    बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १२ गते (२६

    • २.
      आज २०८३ साल असार १४ गते (२८

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    • ६.
      आज २०८३ साल असार १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer