• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार १५, २०८३
☰
सोमबार, असार १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अब सहकारी विवादमा कांग्रेस उपसभापति पनि, छानविन हुन्छ: थापा


  •   बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सहकारीको रकम हिनामिनामा जोडिनुभएको छ । संसदीय समितिमा ललितपुरको ‘मितेरी बचत तथा ऋण सहकारी संस्था’का अध्यक्षसमेत रहनुभएका कुम्मराज गुरुङले दिएको बयानपछि सांसदसमेत रहनुभएका गुरुङ पनि सहकारी प्रकरणमा मुछिनुभएको हो । अध्यक्ष गुरुङले भदौ ६ गते समितिमा उपस्थित भएर बयान दिनुभएको थियो । बयानका क्रममा उहाँले धनराज गुरुङकी श्रीमती ज्योती गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोडसम्म रकम हिनामिना भएको बताउनुभएको थियो । त्यस प्रकरणमा कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको उहाँको भनाइ थियो । तर, पाँच वर्षअघि नै ज्योतिसँग सम्बन्धविच्छेद भइसकेको गुरुङको दाबी छ । ज्योति चार वर्षदेखि फरार सूचीमा हुनुहुन्छ । तर, गुरुङ र ज्योतिबीच कागजी रूपमा मात्रै ‘डिभोर्स’ भएको दाबीसमेत पराजुलीले बयानमा गर्नुभएको छ । ज्योति सहकारीको महाप्रबन्धक रहेका बेला रकम हिनामिना गरेको उहाँको आरोप छ । यसबारे संसद्मा समेत कुरा उठेको छ । ज्योतिले १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको पराजुलीको दाबी छ ।

    Advertisement

    तर, कांग्रेस उपसभापति गुरुङले भने श्रीमतीसँग पाँच वर्षअघि नै सम्बन्धविच्छेद भइसकेकाले रकम हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको दोहोर्‍याउनुभएको छ । सम्बन्धविच्छेद भइसकेकी श्रीमतीबारे आफूलाई थाहा हुने कुरै नभएको उहाँले बताउनुभयो । सम्बन्धविच्छेद भएकी श्रीमतीका कामको जिम्मेवारी पनि आफूले नलिने उहाँको भनाइ छ । ‘सम्बन्धविच्छेद भएकी श्रीमतीबारे थाहा हुने कुरा भएन । सम्बन्धविच्छेद भएकी श्रीमतीका कामको जिम्मेवारी त लिनै पर्दैन,’ उहाँले भन्नुभयो । सहकारी ठगी प्रकरणमा आफूलाई जोड्न नमिल्ने उहाँले बताउनुभयो । ज्योतिसँग आफ्नो २०७६ साल फागुनमा नै सम्बन्धविच्छेद भएकाले आफूलाई सहकारी ठगी प्रकरणमा जोड्न नमिल्ने उहाँको भनाइ छ ।

    ध्यान मोड्न ममाथि आरोप लगाइयो, छानविन गरियोस् : गुरुङ
    कांग्रेस उपसभापति गुरुङले सहकारी ठगी प्रकरणमा आफूमाथि छानविन गर्न माग गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले ज्योतिसँग सम्बन्धविच्छेद भइसक्दा पनि प्रश्न उठाइएको भन्दै आफूमाथि छानविन गर्न माग गर्नुभयो । सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पत्नी ज्योति गुरुङ मितेरी सहकारीको ठगी प्रकरणमा दोषी रहेको भन्दै कांग्रेस नेता धनराज गुरुङमाथि छानविन गर्न माग गर्नुभएको थियो । गुरुङले भने आफू छानविनका लागि तयार रहेको बताउनुभयो । ‘संसदीय छानविनका लागि पनि म तयार छु, मेरो लागि यो सुवर्ण अवसर हुनेछ’, उहाँले भन्नुभयो ।

    विगतमा पनि आफूलाई आरोप लाग्दा अदालतबाट निर्दोष प्रमाणित भएको भन्दै सांसद गुरुङले मितेरी सहकारीको रकम अपचलनमा आफूमाथि छानविन गर्न माग गर्नुभयो । ‘कुनै पनि व्यक्तिलाई आरोपबाट उन्मुक्ति दिनुहुन्न भन्ने मान्यतामा म अडिग छु’, उहाँले भन्नुभयो । सहकारीको रकम अपचलनबारे संसदीय छानविन समितिको प्रतिवेदन आउने बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले विषयान्तर गर्न मात्र आफ्नो विषय उठाएको उहाँले आरोप लगाउनुभयो । रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगीबारे छानविन गरिरहेका बेला त्यसलाई अन्तै मोड्न आफूमाथि आरोप लगाएको उहाँले जिकिर गर्नुभयो ।

    ज्योतिसँगको सम्बन्धविच्छेद नक्कली भन्ने रास्वपा सांसद पराजुलीको भनाइको पनि उहाँले खण्डन गर्नुभयो । ‘जसले नक्कली कुरा गर्छ, त्यसले अरूलाई नक्कली देख्नु स्वाभाविकै हो’, उहाँले भन्नुभयो । ‘संसदीय छानविन नै गर्नुपर्छ भने पनि म तयार छु । मेरो लागि यो सुवर्ण अवसर हुनेछ । तथापि, प्रमाण लुकाउन सक्ने गृहमन्त्रीजस्तो जिम्मेवार पदमा म छैन । म निष्ठा र नैतिकताको राजनीतिमा विश्वास गर्दछु,’ उहाँले भन्नुभयो, ‘मेराबारे लागेको आरोपको सत्यतथ्य छानविन गरिदिन म सम्बद्ध निकायहरूलाई आग्रह गर्दछु ।’ उपसभापति गुरुङले मितेरी सहकारीमा आफूले ठगी गरेको हो भने सो सहकारीको पदाधिकारीमाथि पनि छानविन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभयो ।

    प्रश्न उठिसकेपछि छानविन हुनुपर्ने कांग्रेसको नीति छ : थापा
    कांग्रेस महामन्त्री गगन थापाले सहकारी प्रकरणमा उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानविन हुनुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि प्रश्न उठिसकेपछि छानविन हुनुपर्ने पार्टीको नीति रहेको बताउनुभयो । गुरुङ आफैँले सदनमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाइ गर्न नहुने थापाको भनाइ थियो । कुनै पनि प्रकरणमा कानुनको उल्लंघन गरे दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाइन रहेको थापाले बताउनुभयो । गुरुङको मात्रै नभई आफ्नो वा अरू कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानविन हुनुपर्ने र दोषी देखिए कारबाहीसमेत गर्नुपर्ने बताउनुभयो ।

    १४ करोड पचाउन गुरुङले सहकारीसँग सम्बन्धविच्छेद गर्नुभयो : दाहाल
    माओवादी केन्द्रका नेता लेखनाथ दाहालले कांग्रेस उपसभापति गुरुङको ‘सहकारी सम्बन्धविच्छेद’ भएको टिप्पणी गर्नुभएको छ । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले गुरुङ केही समयअघि सम्बन्धविच्छेद भएको भनिएको श्रीमतीसँग देखिएको भन्दै गुरुङको ‘सहकारी सम्बन्धविच्छेद’ भएको टिप्पणी गर्नुभयो । १४ करोड पचाउन मात्रै गुरुङले कानुनी रूपमा सम्बन्धविच्छेद गरेको उहाँले आरोप लगाउनुभयो । दाहालले सहकारी ठगी प्रकरणमा गुरुङको संलग्नता देखिएकाले अनुसन्धान हुनुपर्ने दोहोर्‍याउनुभयो । सहकारी छानविन समितिमा सहकारी ठगीसम्बन्धी पर्याप्त प्रमाणहरू जुटेको भन्दै कारबाहीका लागि सिफारिश गरिने दाहालको भनाइ थियो ।

    बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १२ गते (२६

    • २.
      आज २०८३ साल असार १४ गते (२८

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    • ६.
      आज २०८३ साल असार १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer