काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
Advertisement
महासङ्घका महासचिव रोशन पुरीले आज जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौँको एउटा होटलमा छलफल कार्यक्रममा सहभागी भएका अध्यक्ष बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले जबरजस्ती पक्राउ गर्न खोजेपछि छलफलमा रहेका अन्य पत्रकारले प्रतिरोध गरेपछि पक्राउ नगरी प्रहरी फर्किएको उल्लेख छ।
“महासङ्घ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा उल्लेख छ।




