☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अभ्यास खेलमा क्यानडासंग नेपाल विजयी


  •   आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
  • काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक ओडिआई सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपालले एकमात्र अभ्यास खेलमा जित हासिल गरेको छ । नेपालले क्यानडा एचपी जगुआरलाई ६६ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७ आभेर ५ बलमा सबै विकेट गुमाएर २४७ रन बनाएको थियो । अभ्यास खेलमा नेपाली ब्याटरहरूले पूरै ५० ओभर खेल्न सकेनन् ।

    Advertisement

    नेपालका लागि कुशल भुर्तेलले ४१ रन बनाउनुभयो । कप्तान रोहित पौडेल ३३ रनमा आउट हुनुभयो । अनिल साह ४७ रनमा नटआउट रहनुभयो । क्यानडा एचपी जगुआरका जसकरण बुट्टर, इरफान सदात र शील पटेलले समान २-२ विकेट लिनुभयो ।

    जवाफमा २४८ रनको लक्ष्य पछ्याएको क्यानडा एचपी जगुआरले ३९ ओभरमा अल आउट हुँदै १८० रनमात्र बनाउन सक्यो । उसका अजयवीर सिंहले सर्वाधिक ५५ रन बनाउनुभयो । नेपालको जितमा ललित राजबंशीले ४ तथा सन्दीप लामिछानेले ३ विकेट हात पार्नुभयो ।

    आइसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु टोली क्यानडासहित ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग खेल्नेछ ।

    तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ । ओडिआई सिरिज सकिएको दुई दिनपछि तीनवटै टोलीले त्रिकोणात्मक टी-२० आई सिरिज खेल्नेछन् । त्यसपछि नेपाली टोली अमेरिका प्रस्थान गर्नेछ ।

    आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer