काठमाडौं । मनसुनी वायु र बंगालको खाडीको उत्तरपूर्वमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण आज ३ वटा प्रदेशमा मुसलधारे वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ।
Advertisement
आज दिउँसो कोशी, मधेश, वागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना छ। कोशीका तराई भेगका थोरै स्थानमा हावाहुरी आउने सम्भावना पनि छ।
आज राति कोशीका केही, वागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशीका १-२ स्थानमा मुसलधारे वर्षा हुने सम्भावना छ। यस्तै, कोशीको तराई भेग र मधेश प्रदेशका केही स्थानमा हावाहुरी आउने सम्भावना पनि छ।




