काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव तथा भारत पश्चिम बंगाल आसपास विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ।
Advertisement
सोही कारण आज दिउँसो कोशी, वागमती र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, वागमती र लुम्बिनीका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ। यस्तै, कोशीको तराईका केही स्थानमा हावाहुरी आउने सम्भावना छ।
आज राति कोशी, वागमती र गण्डकीका पहाडी भेगका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशीको तराईका केही स्थानमा हावाहुरी आउने सम्भावना छ।




