• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार १५, २०८३
☰
सोमबार, असार १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दुई अर्ब बेरुजुको भारी बोक्दै बैतडी, दुई तिहाइ बजेट सुविधामा खर्च


  •   सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
  • काठमाडौं। नेपाली उखानले भन्छ–घाँटी हेरेर हाड निल्नु तर स्थानीय तहका जनप्रतिनिधिले यो उक्ति ख्याल नगर्दा गाउँ तथा नगरपालिको आम्दानीभन्दा तेब्बर बढी रकम सेवा सुविधामा खर्च गर्दा दुई अर्बभन्दा बढी बेरुजु देखिएको छ । बैतडीका १० स्थानीय तहको हालसम्मको अद्यावधिक बेरुजु दुई अर्ब १६ करोड ८ लाख ४६ हजार नाघेको महालेखाले सार्वजनिक गरेको छ ।

    Advertisement

    गाउँ तथा नगरपालिकामा आउने बजेटको ८० प्रतिशत हिस्सा पदाधिकारीको सेवा सुविधा,भ्रमण, इन्धन,खाना र निकटका व्यक्तिलाई कर्मचारी भर्ना गरेर बजेट सक्ने प्रवृत्ति बढ्दै गएको महालेखाले जनाएको छ । स्थानीय तहले सङ्घ र प्रदेश सरकारमार्फत पाउने अनुदान, राजस्व बाँडफाँट र आन्तरिक आम्दानीको ८० प्रतिशत रकम सेवा सुविधामा खर्च गर्दा उत्पादनमा ह्रास आउँदा खाद्य सङ्कट, बेरोजगारी र बसाइसराइ बढेको छ ।

    डिलासैनीको ३९ करोड बेरुजु

    बिकट मानिएको डिलासैनी गाउँपालिकाको आन्तरिक आम्दानी १९ लाख ६१ हजार ३६१ रहेकोमा पालिकाले आ.ब २०७९-०८०मा पदाधिकारी सुविधामा ६५ लाख ७१ हजार पाँच सय खर्च गरेको छ, जुन आन्तरिक आयको ३३५ प्रतिशत हिस्स हुन आउने महालेखाले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । डिलासैनीको हालसम्मको अद्यावधिक बेरुजुसमेत बढेर ३९ करोड भन्दा बढी पुगेको छ । गाउँपालिकाले आ.ब. २०७९-०८० मा ४४ करोड ४४ लाख १६ हजार ८४४ मध्ये ८८.७ प्रतिशत बजेट चालु खर्चमै सकेको छ । विकास निर्माण र उद्यममा न्यून बजेट खर्च गर्दा उत्पादकत्वमा ह्रास आएको छ भने बेरोजगारीले युवा पलायन भएका छन् ।

    सिगास गाउँपालिमा २१ करोड बेरुजु

    सिगास गाउँपालिकाको आन्तरिक आम्दानी ३४ लाख ९० हजार ३७४ रहेकोमा पदाधिकारी सुविधामा वार्षिक ९२ लाख १६ हजार पाँच सय खर्च भएको छ, जुन आन्तरिक आयको २६४ प्रतिशत हिस्सा छ । गाउँपालिकाले आ.ब. २०७९-०८० मा प्राप्त गरेको बजेटकाे ८८.९७ प्रतिशत प्रशासनिक खर्चमा सकिएको छ । यहाँ हालसम्मको अद्यावधिक बेरुजु २१ करोड ११ लाख २३ हजार छ ।

    दशरथचन्दमा ४१ करोड बेरुजु

    सुगम मानिएको जिल्ला सदरमुकामको दशरथचन्द नगरपालिकामा डरलाग्दो किसिमले बेरुजु बढ्दै गएको छ । दशरथचन्द नगरपालिकाको हालसम्मको अद्यावधिक बेरुजु ४१ करोड ७२ लाख ४५ हजार पुगेको छ । नगरपालिकाको आन्तरिक आय १ करोड ३५ लाख १५ हजार ३७२ रुपियाँ रहेकोमा पदाधिकारी सुविधामा १ करोड १२ लाख ६० हजार पाँच सय खर्च भएको छ, जुन आन्तरिक आयको ८३.३१ प्रतिशत हुन आउँछ । नगरपालिकाले कुल ५८ करोड ७७ लाख ९९ हजार १११ रुपियाँ खर्च गर्दा ७२.९० प्रतिशत चालु र २७.१० प्रतिशत रकम मात्रै विकास निर्माणमा खर्च गरेको छ । २०५४ सालमा स्थापना भएको देशका पुराना ५८ नगरपालिकामध्येको एक दशरथचन्द नगरपालिकामा बढ्दै गएको बेरुजुले यहाँको अवस्था उजागर गरेको छ ।

    पाटनमा १६ करोड बेरुजु

    एक लाख मानिस बसाल्ने गरी नयाँ सहरको गुरुयोजना बनिरहेको पाटन नगरपालिकाले कुल बजेटको ७२ प्रतिशतभन्दा बढी रकम पदाधिकारीको सेवा सुविधा र कर्मचारीको तलब भत्तामै खर्च गर्दै आइरहेको छ । पाटन नगरपालिकाको कुल आन्तरिक आय ६७ लाख ५९ हजार ४९५ रहेकोमा पदाधिकारीको पदाधिकारी सुविधामा १ करोड २६ लाख पाँच हजार नौ सय रुपियाँ रहेको छ जुन आन्तरिक आयको ६५.८५ प्रतिशत छ । नगरपालिकाले आ.ब. २०७९-०८० मा चालु र पुँजीगत गरी २६ करोड ८९ लाख ९२ हजार १५८ रुपियाँ मध्ये चालु खर्चमा ७२ प्रतिशत बजेट खर्च गरेको पाइएको छ । पाटनको हालसम्मको अद्यावधिक बेरुजु १६ करोड दुई लाख १६ हजार रहेको छ ।

    मेलौली नगरपालिकामा २१ करोड बेरुजु

    तल्लो स्वराड क्षेत्रको ऐतिहासिक मेलौली नगरपालिकाले पनि बजेटको ठुलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च गर्दै आइरहेको छ । यहाँ प्रसिद्ध मेलौली भगवतीको मन्दिर, निर्माणाधीन औद्योगिक ग्राम, खानी र कालोपत्रे सडक भए पनि आन्तरिक आय भने ४७ लाख ६० हजार २४७ रहेकोमा पदाधिकारी खर्च ९२ लाख ७१ हजार पाँच सय खर्च गरेको छ । नगरपालिकाले आ.ब. २०७९-०८० मा चालु र पुँजीगत गरी ४७ करोड ५१ लाख ११ हजार मध्ये ६७.९० प्रतिशत चालु र ३२.१० प्रतिशत मात्रै विकासमा खर्च गरेको छ । नगरपालिकाको हालसम्मको अद्यावधिक बेरुजु २१ करोड ७४ लाख रुपियाँ रहेको छ ।

    शिवनाथमा १४ करोड बेरुजु

    पाटन–पञ्चेश्वर सडक खण्डमा पर्ने शिवनाथ गाउँपालिकाले पनि आन्तरिक आय बढाउन सकेको छैन । गाउँपालिकाले आ.ब. २०७९-०८० मा कुल आन्तरिक श्रोत तथा राजस्व बाँडफाँडबाट ६ करोड ५९ लाख ७० हजार, सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान ३० करोड २२ लाख १९ हजार गरी ३६ करोड ८१ लाख ८९ हजार प्राप्त गरेको छ । प्राप्त बजेटमध्ये चालु र पुँजीगत गरी कुल ३४ करोड १८ लाख ७५ हजार खर्च गरेको छ । यस मध्ये पदाधिकारी सुविधामा ६२ लाख ७७ हजार खर्च भएको छ । पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँटको रकमबाट ६४.६४ प्रतिशत चालु र ३५.३६ प्रतिशत मात्र विकास निर्माणमा खर्च गरेको छ । शिवनाथ गाउँपालिकाको हालसम्मको अद्यावधिक बेरुजु १४ करोड ६१ लाख ६५ हजार रहेको छ ।

    पञ्चेश्वर गाउँपालिका २२ करोड बेरुजु

    महाकाली नदीसँग सीमा जोडिएको पञ्चेश्वर गाउँपालिका पाटन–पञ्चेश्वर सडकको अन्तिम बिन्दुमा हो । पञ्चेश्वर गाउँपालिकाको गत वर्ष कुल आन्तरिक आय ३५ लाख ५४ हजार ६८१ रहेकोमा पदाधिकारी सुविधामा ५५ लाख खर्च गरेको छ । अन्य पालिकाको जस्तै पञ्चेश्वरमा पनि आन्तरिक आय भन्दा खर्च बढी हुने गरेको छ । गाउँपालिकाले आ.ब. २०७९-०८० मा आन्तरिक आय, राजस्व बाँडफाँट, सबै अनुदानबाट प्राप्त ४१ करोड ५१ लाख नौ हजार ६९ रुपियाँ मध्ये चालु र पुँजीगत गरी ३९ करोड ३८ लाख ४५ हजार ९० रुपियाँ खर्च गरेको छ । पालिकाले ६५ प्रतिशत चालु र ३५ प्रतिशत मात्र पुँजीगत निर्माणमा खर्च गरेको देखिन्छ । पञ्चेश्वर गाउँपालिकाको हालसम्मको अद्यावधिक बेरुजु २२ करोड ६६ लाख ८९ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    दोगडाकेदार गाउँपालिका १८ करोड बेरुजु

    महाकाली राजमार्गमा पर्ने दोगडाकेदार गाउँपालिका कृषि, पशुपालन, तरकारी खेती र चमेलिया नदीको स्राेतसँग जोडिएको भए पनि आन्तरिक आय भने ५६ लाख २७ हजार मात्रै रहेको छ । दोगडाकेदार गाउँपालिकाले पदाधिकारी सुविधामा भने वार्षिक ८७ लाख ४१ हजार खर्च गरेको छ । गाउँपालिकाले आ.ब. २०७९-०८० मा कुल ४९ करोड ६९ लाख ८६ हजार आम्दानी गरेकोमा भएकोमा ४७ करोड ८८ लाख २४ हजार मध्ये ७४.९६ प्रतिशत चालु र २५.०४ प्रतिशत मात्र विकास निर्माणमा खर्च गरेको छ । दोगडाकेदार गाउँपालिकाको हालसम्मको अद्यावधिक बेरुजु १८ करोड २९ लाख रुपियाँ छ ।

    पुर्चौडी नगरपालिकामा १७ करोड बेरुजु

    जनसङ्ख्याका हिसाबले बैतडीको सबैभन्दा ठुलो पुर्चौडी नगरपालिकाको ६५ लाख ८ हजार १४९ रुपियाँ रहेकोमा पदाधिकारी सुविधा भने ९८ लाख ८१ हजार ५८३ रुपियाँ खर्च भएको छ जुन आन्तरिक आयको १५१.८३ प्रतिशत रहेको छ । नगरपालिकाले आ.ब. २०७९-०८० मा ६५ करोड ९१ लाख ६२ हजार १२ रुपियाँमध्ये चालुतर्फ ४४ करोड ३६ लाख ९३ हजार ५३५ रुपियाँ खर्च गरेको छ भने विकास निर्माणमा १८ करोड ३३ लाख ७५ हजार ९५८ गरी कुल ६२ करोड ७० लाख ६९ हजार ४९३ खर्च गरेको छ । पालिकालाई प्राप्त भएको बजेटबाट ६७.३१ प्रतिशत चालु र २७.८१ प्रतिशत विकास निर्माणमा खर्च गरेको महालेखाको प्रतिवेदनले जनाएको छ । प्रतिवेदन अनुसार पुर्चौडी नगरपालिकाको हालसम्मको अद्यावधिक बेरुजु १७ करोड ६२ लाख ३३ हजार रहेको छ ।

    सुर्नया गाउँपालिकामा २१ करोड बेरुजु

    अन्न भण्डार र पशुपालनका दृष्टिले प्रचुर सम्भावना बोकेको सुर्नया गाउँपालिकाले आ.ब. २०७९-०८० मा २४ लाख ८१ हजार १०४ रुपियाँ आन्तरिक आम्दानी गरेको छ भने पदाधिकारी सुविधामा ८२ लाख ४३ हजार पाँच सय खर्च गरेको छ । गाउँपालिकाले चालुतर्फ ३२ करोड ७५ लाख ५७ हजार ५०१ र विकास निर्माणतर्फ ११ करोड २४ लाख १९ हजार ४४९ गरी कुल ४३ करोड ९९ लाख ७६ हजार ९५१ खर्च भएको छ । यसबाट पालिकाले विकास निर्माण कार्यक्रम सञ्चालनमा न्यून खर्च गरी प्रशासनिक कार्यमा बढी खर्च गरेको महालेखाले जनाएको छ । सुर्नया गाउँपालिकाको हालसम्मको अद्यावधिक बेरुजु २१ करोड २९ लाख ४० हजार रहेको छ ।(गोरखापत्र)

    सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १२ गते (२६

    • २.
      आज २०८३ साल असार १४ गते (२८

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    • ६.
      आज २०८३ साल असार १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer