• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार १५, २०८३
☰
सोमबार, असार १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सडक मर्मत माग गर्दै विद्यार्थी सडकमा


  •   सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
  • काठमाडौं। प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरको गणेशचोकदेखि भैरवस्थान हुँदै ढोडेखाली जोड्ने सडकमा दुई वर्षदेखि खाल्डाखुल्डी भएको र त्यसले दुर्घटना निम्त्याएको भन्दै विद्यार्थीहरुले सडकमा चक्काजाम गरेका छन् ।

    Advertisement

    जन नमूना माध्यमिक विद्यालय र भैरव माध्यमिक विद्यालयका विद्यार्थीहरुले सडकमा खाल्डाखुल्डी भएको र हिँडेर विद्यालय आँउदा सवारी साधनले आफ्नो ड्रेसमा हिलो छ्याप्नुका साथै बारम्बार दुर्घटना घटाएको भन्दै आन्दोलन सुरु गरेका हुन् ।

    भैरव माध्यमिक विद्यालय अगाडी नै दुवै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले दुईतर्फी सडक अवरुद्ध गरेका छन् । “हामीले बारम्बार नगरप्रमुखलाई यो बाटो सुधार गरिदिन अनुरोध गरेका थियौं । यो बाटोमा हामी दैनिक रुपमा आवतजावत गरिरहन्छौं । प्रदेश अस्पताल जाने बाटो पनि यही भएका कारण सवारी साधनको चाप यहाँ बढी छ,” जन नमुना माविका विद्यार्थीले नारायण नेपालले भन्नुभयो, “विद्यालयमा ड्रेस लगाएर जानुपर्ने तर बाटोमा कहिले हिलोमा छ्यापिएर जानुपर्ने, कहिले दुर्घटनामा पर्नुपर्ने अवस्था आएको दुई वर्ष भइसकेको छ । सरकारले केही गर्ला भनेर आश गरे पनि हालसम्म कुनै प्रगति भएन । त्यसैले हामी यो आन्दोलन गर्न बाध्य भएका हौं ।”

    अर्का विद्यार्थी विपना खनालले पनि मुख्यमन्त्री यामलाल कँडेल वा नगरप्रमुख मोहनमाया ढकाल आएर बाटो निर्माणबारे लिखित सहमति गरे मात्रै आफूहरु आन्दोलनबाट पछि हट्ने जनाउनुभयो । नगरप्रमुख वा मुख्यमन्त्री एक जना आएर हामीसँग एक साता होस् या दुई साता होस्, लिखित सहमति गरेर बाटो बनाउने प्रतिबद्धता जनाउनुपर्‍याे । खनालले भन्नुभयो, “त्यो नभएसम्म यो आन्दोलन जारी रहन्छ ।”

    यो सडक मुख्यमन्त्री यामलाल कँडेलकै वडामा पर्छ भने नगर उपप्रमुख नीलकण्ठ खनाल यही वडाबाट प्रतिनिधित्व गर्नुहुन्छ । यता नगरप्रमुख मोहनमाया ढकालले भने बर्खायाममा पानी परिरहेको हुनाले सडक मर्मत गर्न ढिला भएको बताउनुभयो । उहाँले अब तत्काल सडक मर्मत गर्ने योजना रहेको जानकारी दिनुभयो । प्रमुख ढकाललाई विद्यार्थीहरुले लिखित सहमति गर्न फोन गरेर बोलाएका थिए । तर ढकाल काम विशेषले काठमाडाैं गएको हुनाले उपस्थित हुन नसक्ने बताउनुभयो ।(गोरखापत्र)

    सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १२ गते (२६

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १४ गते (२८

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    • ६.
      आज २०८३ साल असार १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer