• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
मङ्गलबार, भदौ ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

बाढीले दुई सीमास्तम्भ बगायो, दर्जनौँ जोखिममा


  •   सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
  • काठमाडौं । निरन्तर आएको बर्सातपछिको बाढीले कैलालीमा रहेका दुई वटा सीमास्तम्भ बगाएको छ । धनगढी उपमहानगरपालिका र भजनी नगरपालिकामा रहेका अन्तर्राष्ट्रिय सिमाना छुट्याउने सीमास्तम्भलाई बाढीले बगाएको हो ।

    Advertisement

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर धनगढीका अनुसार धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदीपारि रहेको ६५०/२ नम्बरको पिल्लरलाई शुक्रबार आएको बाढीले बगाएको छ । सो सीमास्तम्भ कटानको जोखिममा परेपछि बालुवाले भरिएको बोरा त्यसको वरिपरि राखिएको थियो । बाढीले त्यो सीमास्तम्भलाई बगाएर लगेको सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले जानकारी दिनुभयो ।

    यस्तै भजनी नगरपालिका–७ मा रहेको ७२१/२ नम्बरको सीमास्तम्भलाई पनि बाढीले बगाएको छ । अघिल्लो बाढीले यो सीमास्तम्भलाई बगाएको जनाइएको छ । सोही वडामै रहेको ७२१/४ नम्बरको सीमास्तम्भमा बाढीले क्षति गरेको छ । बाढीका कारण सीमास्तम्भले कोल्टे फेरेको जनाउँदै सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले यसलाई सिधा गर्न बाँकी रहेको बताउनुभयो ।

    यसै गरी धनगढी उपमहानगरपालिका–१९, लल्लीपुरमा मोहना नदीपारि रहेको ७३४/८ नम्बरको सीमास्तम्भलाई पनि बाढीले क्षति गरेको छ । “यो सीमास्तम्भलाई बाढीले बगायो वा त्यहीँनिर छ भन्ने कुराको यकिन भइसकेको छैन,” सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले भन्नुभयो, “सम्भवतः पानीभित्र रहेको हामीले आशङ्का गरेका छौँ ।” नेपाल–भारत सिमाना मोहना नदीसँगै रहेको छ । कतै मोहना नदीपारि नेपाल त कतै मोहना नदीवारि भारतको भू–भाग परेको छ । दुई देशको सिमाना नदी सँगसँगै परेका कारण धेरै जसो सीमास्तम्भ नदी आसपासमै छन् ।

    नदी आसपासमा रहेका दर्जनौँ सीमास्तम्भ जोखिममा रहेका जनाइएको छ । अझै पनि आठदेखि १० वटासम्म सीमास्तम्भ पानीभित्रै डुबेको अवस्थामा रहेको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले बताउनुभयो । यसै गरी बाढीका कारण डुबेका पाँच/सात वटा सीमास्तम्भ बाढी घटेपछि देखिएका छन् । बाढीमा डुबेका ती सीमास्तम्भ ठिक अवस्थामै रहेको उहाँले जानकारी दिनुभयो ।

    कैलालीमा नेपाल–भारत सीमा छुट्याउने मुख्य र सहायक गरी २८२ वटा सीमास्तम्भ रहेका छन् । सीमास्तम्भ बिग्रेमा नेपालले बिजोर र भारतले जोर नम्बरका सीमास्तम्भ मर्मत गर्ने दुवै देशका अधिकारीबिच सहमति भएको छ ।

    दुई बिओपी जोखिममा

    सीमा क्षेत्रमा सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका दुई वटा बिओपी कार्यालय पनि मोहना नदीको कटानको जोखिममा परेका छन् । कैलारी गाउँपालिका–३, खोनपुर र भजनी नगरपालिकाको हलौनाघाटमा रहेको बिओपी कटानको जोखिममा परेको हो । बिओपी कार्यालयतर्फ नदीले कटान गरिरहेकाले कटान नियन्त्रण र बिओपी जोगाउनका लागि तटबन्ध बनाउन आवश्यक देखिएको पाण्डेयले बताउनुभयो । शनिबार मात्रै मोहना नदीले धनगढी उपमहानगरपालिका–११, लल्लीपुरमा रहेका सशस्त्र प्रहरीका बिओपी कार्यालयका दुई वटा भवन बगाएको थियो ।(गोरखापत्र)

    सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer