काठमाडौं । आज दुईवटा प्रदेशका तराई क्षेत्रमा हावाहुरी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिममा सरदर स्थानको उत्तर र पूर्वमा सरदर स्थान आसापस छ। र, भारत पश्चिम बंगालको आकाशमा विकसित न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव देखिएको छ।
आज दिउँसो देशभरको पहाडका थोरै तथा बाँकी भूभागको १-२ ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भेगका केही ठाउँमा हावाहुरी आउने सम्भावना छ।
आज राति कोशी र वागमतीका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावनाछ।




