• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

फिफा वरीयतामा अर्जेन्टिना पुन: शीर्ष स्थानमा, खस्कियो नेपालको वरीयता


  •   शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयताको शीर्ष स्थानमा कायमै रहेको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार अर्जेन्टिनाले १८८९.०२ अंकसहित शीर्ष स्थानमा कब्जा जमाएको हो । दुई वर्षअघि कतारमा भएको फिफा विश्वकप जितेयता अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा कायमै छ ।

    Advertisement

    फिफाको सेप्टेम्बर विन्डोमा चिलीलाई ३-० हराउँदा कोलम्बियासँग २-१ ले पराजित भएको थियो । वरीयताको दोस्रोदेखि १०औँ स्थानसम्म परिवर्तन भएको छ । नयाँ अद्यावधिक वरीयताअनुसार फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौँ स्थानमा छन् ।

    यस्तै, बेल्जियम छैटौँ, नेदरल्याण्ड्स सातौँ, पोर्चुगल आठौँ, कोलम्बिया नवौँ र इटाली १०औँ स्थानमा छन् । एसियाली वरीयतामा भने जापान शीर्ष स्थानमा छ । विश्व वरीयतामा भने जापान १६औँ स्थानमा छ ।

    खस्कियो नेपालको वरीयता
    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकाल्ने वरीयतामा नेपाल एक स्थान खस्किएको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औँ स्थानमा थियो । फिफाको सेप्टेम्बर विन्डोमा नेपालले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएको थिएन । वरीयताको दक्षिण एसियाली क्षेत्रमा भने नेपाल तेस्रो स्थानमा छ ।

    दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत १२६औँ स्थानमा छ । भारत दुई स्थान घटुवामा परेको हो । यस्तै, दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औँ स्थानमा छ । चौथो स्थानको भुटान १८४औँ स्थानमा, पाँचौँ स्थानको बंगलादेश १८६औँ स्थानमा, छैटौँ स्थानको पाकिस्तान १९७औँ स्थानमा र सातौँ स्थानको श्रीलंका २००औँ स्थानमा छ ।

    शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer