• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विश्वकप लिग-२: नेपालको लगातार दोस्रो हार


  •   शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल ओमानसँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा बिहीबार बिहान सम्पन्न खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको थियो ।

    Advertisement

    नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । ४८औँ ओभरमा गुलशनले विकेट मेडन फ्याँकेपछि ओमानलाई अन्तिम २ ओभरमा १ विकेट रहँदा १० रन चाहिएको थियो । ४९औँ ओभरमा करण केसीले २ रनमात्र दिनुभयो । अन्तिम ओभरमा ८ रन आवश्यक पर्दा शकिल अहमदले दोस्रो बलमा चौका प्रहार गर्दै ओमानलाई जितनजिक पुर्‍याउनुभएको थियो । अन्तिम २ बलमा २ रन आवश्यक हुँदा कलिमउल्लाहले चौका प्रहार गर्दै ओमानलाई जित दिलाउनुभयो ।

    ओमानका जतिन्दर सिंहले ४९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाउनुभयो । कश्याप प्रजापतीले ५२ बलमा ४ चौकासहित ३६ रनको योगदान दिनुभयो । नेपालका लागि गुलशन झा एक्लैले पाँच विकेट लिनुभयो । त्यस्तै करण केसीले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले एक÷एक विकेट लिनुभयो ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको इनिङ खेल्नुभएको थियो । तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्वपूर्ण इनिङ खेल्नुभयो । एक समय १३.१ ओभरमा ३१-३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि रोहित र आरिफ शेखले ८३ रनको महत्वपूर्ण साझेदारी गर्नुभएको थियो । आरिफ शेख ८८ बलमा १ चौकासहित ३५ रनमा आउट हुनुभयो । ओपनर अर्जुन साउद ५, भीम सार्की, आरिफ शेख ११-११ तथा अनिल साह ३ रनमा आउट हुनुभयो ।

    सोमपाल कामीले ८ बलमा २ छक्कासहित २० तथा सन्दीप लामिछाने १५ बलमा ११ रन जोड्नुभयो । ओमानका कलिमुल्लाह, फयाज बट, अकिब इलियासले २-२ विकेट लिनुभयो । सकिल अहमद र शोएब खानले १-१ विकेट लिनुभयो । जितपछि ओमान पाँच खेलमा पाँच अंकका साथ छैटौँ स्थानमा छ । पराजित नेपाल ६ खेलमा दुई अंकका साथ सातौँ स्थानमा छ । त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानका साथै क्यानडाको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज असोज १० गतेसम्म हुनेछ ।

    सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १०३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले त्रिकोणात्मक ओडिआई सिरिजमा तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध खेल्नेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो ।

    नेपालले अब आइतबार क्यानडा र मंगलबार ओमानसँग खेल्नेछ । आठ टोली सहभागी लिग-२ का शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन् । ओडिआई सिरिज सकिएपछि तीन टोलीबीचमा टी-२० आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गतेसम्म हुनेछ । त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जानेछ ।

    नेपालबाट एकै खेलमा पाँच विकेट र अर्धशतक बनाउने गुलशन पहिलो खेलाडी
    युवा अलराउण्डर गुलशन झा नेपालबाट ओडिआईमा एकै खेलमा पाँच विकेट लिनुका साथै ५० भन्दा माथि रन बनाउने पहिलो खेलाडी बन्नुभएको छ । बिहीबार बिहान ओमानसँग १ विकेटले पराजित भए पनि गुलशनले ५३ रन बनाउनुका साथै ५ विकेट लिनुभएको थियो । यसअघि नेपालबाट ओडिआईमा एकै खेलमा ५ वा त्योभन्दा माथि विकेट सन्दीप लामिछानेले र करण केसीले तीन/तीन तथा सोमपाल कामी र ललित राजवंशीले एक/एकपटक पूरा गर्नुभएको थियो । तर, सोही खेलमा अर्धशतक भने कुनै पनि खेलाडीले बनाउन सकेका थिएनन् ।

    ओडिआई इतिहासमा एकै खेलमा ५ विकेट र ५० भन्दा बढी रन बनाउने उहाँ २४औँ खेलाडी बन्नुभएको छ । पछिल्लोपटक सन् २०२३ मा नेदरल्याण्ड्सका बास डि लिडेले स्कटल्याण्डविरुद्ध एकदिवसीय विश्वकप छनोट २०२३ जुलाईमा १२३ रन बनाउनुका साथै ५ विकेट लिनुभएको थियो । गुलशनले ओमानविरुद्ध ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रन बनाउनुका साथै १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिनुभयो । हारका बाबजुद गुलशन खेलको प्लेयर अफ द म्याच चुनिनुभयो ।

    शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer