☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

विश्वकप लिग-२: नेपालको लगातार दोस्रो हार


  •   शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल ओमानसँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा बिहीबार बिहान सम्पन्न खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको थियो ।

    Advertisement

    नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । ४८औँ ओभरमा गुलशनले विकेट मेडन फ्याँकेपछि ओमानलाई अन्तिम २ ओभरमा १ विकेट रहँदा १० रन चाहिएको थियो । ४९औँ ओभरमा करण केसीले २ रनमात्र दिनुभयो । अन्तिम ओभरमा ८ रन आवश्यक पर्दा शकिल अहमदले दोस्रो बलमा चौका प्रहार गर्दै ओमानलाई जितनजिक पुर्‍याउनुभएको थियो । अन्तिम २ बलमा २ रन आवश्यक हुँदा कलिमउल्लाहले चौका प्रहार गर्दै ओमानलाई जित दिलाउनुभयो ।

    ओमानका जतिन्दर सिंहले ४९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाउनुभयो । कश्याप प्रजापतीले ५२ बलमा ४ चौकासहित ३६ रनको योगदान दिनुभयो । नेपालका लागि गुलशन झा एक्लैले पाँच विकेट लिनुभयो । त्यस्तै करण केसीले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले एक÷एक विकेट लिनुभयो ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको इनिङ खेल्नुभएको थियो । तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्वपूर्ण इनिङ खेल्नुभयो । एक समय १३.१ ओभरमा ३१-३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि रोहित र आरिफ शेखले ८३ रनको महत्वपूर्ण साझेदारी गर्नुभएको थियो । आरिफ शेख ८८ बलमा १ चौकासहित ३५ रनमा आउट हुनुभयो । ओपनर अर्जुन साउद ५, भीम सार्की, आरिफ शेख ११-११ तथा अनिल साह ३ रनमा आउट हुनुभयो ।

    सोमपाल कामीले ८ बलमा २ छक्कासहित २० तथा सन्दीप लामिछाने १५ बलमा ११ रन जोड्नुभयो । ओमानका कलिमुल्लाह, फयाज बट, अकिब इलियासले २-२ विकेट लिनुभयो । सकिल अहमद र शोएब खानले १-१ विकेट लिनुभयो । जितपछि ओमान पाँच खेलमा पाँच अंकका साथ छैटौँ स्थानमा छ । पराजित नेपाल ६ खेलमा दुई अंकका साथ सातौँ स्थानमा छ । त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानका साथै क्यानडाको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज असोज १० गतेसम्म हुनेछ ।

    सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १०३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले त्रिकोणात्मक ओडिआई सिरिजमा तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध खेल्नेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो ।

    नेपालले अब आइतबार क्यानडा र मंगलबार ओमानसँग खेल्नेछ । आठ टोली सहभागी लिग-२ का शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन् । ओडिआई सिरिज सकिएपछि तीन टोलीबीचमा टी-२० आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गतेसम्म हुनेछ । त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जानेछ ।

    नेपालबाट एकै खेलमा पाँच विकेट र अर्धशतक बनाउने गुलशन पहिलो खेलाडी
    युवा अलराउण्डर गुलशन झा नेपालबाट ओडिआईमा एकै खेलमा पाँच विकेट लिनुका साथै ५० भन्दा माथि रन बनाउने पहिलो खेलाडी बन्नुभएको छ । बिहीबार बिहान ओमानसँग १ विकेटले पराजित भए पनि गुलशनले ५३ रन बनाउनुका साथै ५ विकेट लिनुभएको थियो । यसअघि नेपालबाट ओडिआईमा एकै खेलमा ५ वा त्योभन्दा माथि विकेट सन्दीप लामिछानेले र करण केसीले तीन/तीन तथा सोमपाल कामी र ललित राजवंशीले एक/एकपटक पूरा गर्नुभएको थियो । तर, सोही खेलमा अर्धशतक भने कुनै पनि खेलाडीले बनाउन सकेका थिएनन् ।

    ओडिआई इतिहासमा एकै खेलमा ५ विकेट र ५० भन्दा बढी रन बनाउने उहाँ २४औँ खेलाडी बन्नुभएको छ । पछिल्लोपटक सन् २०२३ मा नेदरल्याण्ड्सका बास डि लिडेले स्कटल्याण्डविरुद्ध एकदिवसीय विश्वकप छनोट २०२३ जुलाईमा १२३ रन बनाउनुका साथै ५ विकेट लिनुभएको थियो । गुलशनले ओमानविरुद्ध ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रन बनाउनुका साथै १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिनुभयो । हारका बाबजुद गुलशन खेलको प्लेयर अफ द म्याच चुनिनुभयो ।

    शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer