• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार १५, २०८३
☰
सोमबार, असार १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दशैँलक्षित सुपथ मूल्य पसल सुरु गर्दै सरकार


  •   शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि काठमाडौंको थापाथली बिक्री केन्द्रमा सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारीले उद्घाटन गर्दै देशभर सहुलियत पसल सञ्चालन गरिएको बताउनुभयो । सहुलियत पसलहरूमा अत्यावश्यक वस्तुमा न्यूनतम पाँच रुपैयाँदेखि १० रुपैयाँसम्म सहुलियत प्रदान गरिने उहाँले जानकारी दिनुभयो । सरकारले चाडपर्वलक्षित गरेर बजार वस्तु अभाव हुन नदिने गरी पसल सञ्चालनमा ल्याएको उहाँको भनाइ थियो । मन्त्री भण्डारीले खाद्य कम्पनीभित्रका समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीको प्रबन्धपत्रमा उल्लेख गरिएका एक तिहाइ काम पनि गर्न नसकेको बताउनुभयो । नेपालको खाद्य बजारमा कृत्रिम अभाव, काटेलिङ र कालोबजारी भन्ने शब्द सुन्न नपाउने गरी काम गर्न उहाँले कम्पनीलाई निर्देशनसमेत दिनुभयो ।

    Advertisement

    सरकारले सहुलियत पसल सञ्चालनमा ल्याए पनि खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु खुला बजारभन्दा महँगो हुने गरेको उपभोक्ताले गुनासो गर्दै आएका छन् ।

    सरकारले दशैँ, तिहार, छठलगायतमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल सञ्चालनमा ल्याएको हो । काठमाडौं उपत्यकाको थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालन गरेको छ । अनलाइनमार्फत् अर्डर लिएर उपभोक्ताको भान्छासम्म उपभोग्य सामग्री पु¥याइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकेजी पाँच रुपैयाँ, तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकेजी सात रुपैयाँ छुट पाउनेछन् । त्यस्तै, जिउँदो खसीबोका तथा च्यांग्र्रा र दुग्ध विकास संस्थानको घ्यूमा प्रतिकेजी १० रुपैयाँ छुट पाउनेछन् ।

    पर्वोत्सव सहुलियत पसलमा करिब ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य लिइएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ २३ गते चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । सुपथ पसल सञ्चालनका लागि सरकारले तीन करोड बजेट व्यवस्थापन गरेको छ । कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६३ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालनमा रहने जनाएको छ । त्यसैगरी साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले आफ्ना विभिन्न बिक्री केन्द्र्रमार्फत् उपभोक्तालाई सहुलियतरूपमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराइने जनाएको छ ।

    त्यसो त सरकारले सहुलियत पसल सञ्चालनमा ल्याए पनि खुला बजारभन्दा महँगो हुने गरेको उपभोक्ताले गुनासो गर्दै आएका छन् । जसका कारण सरकारले सञ्चालन गरेका सहुलियत पसलहरूमा उपभोक्ताको खासै आकर्षण देखिएको छैन । खाद्यले दशैँका लागि ल्याउने खसीबोका, च्यांग्रामा समेत आकर्षण छैन । गत वर्ष दशैँका लागि ल्याएका खसीबोका, च्यांग्रा खाद्यले समयमै बिक्री गर्न नसक्दा मरेका थिए । दशैँमा बिक्री नभएका खसीबोका, च्यांग्राको मूल्य पछि थप घटाउँदासमेत बिक्री हुन सकेनन् । खाद्यले गत वर्ष दशैँमा पाँच सय ४२ वटा च्यांग्रा ल्याएकोमा छठसम्म ४७ वटा बिकेनन् । पुस १९ गते २० वटा च्यांग्र्रा मरेको अवस्थामा भेटिए । तर, कम्पनीले १८ गते मध्यरातमा कुकुर छिरेर टोकेर मारेको जनाएको थियो ।

    शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ९ गते (२३

    • २.
      आज २०८३ साल असार १२ गते (२६

    • ३.
      आज २०८३ साल असार १४ गते (२८

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer