काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
Advertisement
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको दक्षिणतिर सरेको छ।
त्यसैको प्रभावका कारण आज दिउँसो कोशी र वागमती प्रदेशका केही, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति कोशी, वागमती र गण्डकीका पहाडी भेगका थोरै तथा बाँकी पहाडी भेगका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।




