☰
शुक्रबार, मङि्सर १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

बजार घट्दा चिन्तित छन अर्थमन्त्री


  •   शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घट्न थालेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चिन्ता व्यक्त गर्नुभएको छ । सोही क्रममा उहाँ बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालयको अनुगमनमा पुग्नुभएको छ । उहाँले बजारमा पछिल्लो समय आइरहेको गिरावटले अर्थ मन्त्रालयको ध्यान तानेकाले आफू नेप्से कार्यालयमा आएको नेप्से व्यवस्थापनलाई बताउनुभएको थियो । उहाँले भन्नुभयो, ‘पुँजी बजार कुन ट्रेनमा चलेको छ । अहिले ममाथि प्रश्न उठिरहेको छ । राजनीतिका कारण बजार प्रभावित हुन्छ भनिन्छ तर पछिल्लो एक दुर्ई साता बजार ओरालो लागिरहेको छ । राजनीतिमा केही नहुँदासमेत बजार ओरालो किन लागिरहेको छ । यो प्रश्न सबै नियामकमा उठेको छ ।’

    Advertisement

    विगतमा २०-३० अर्बसम्मको कारोबार हुँदै आएको चार पाँच अर्बमा झरेकोप्रति अर्थमन्त्रीको नियामक निकायसँग गुनासो थियो ।
    उहाँले भन्नुभयो, ‘गत वर्ष पाँच अर्ब राजस्व संकलन गरेका थियौँ तर पछिल्लो बजारमा आएको सुधारले वर्ष दिनभन्दा बढी राजस्व आएको छ । अहिले हामीले दुई महिनामा सात अर्ब राजस्व संकलन गरेका छौँ । तर, तीन हजार पुगेको बजार किन घटिरहेको छ । यो प्रश्नको जवाफ खोज्न आज नेप्सेमा आएको हु । यी प्रश्नको जवाफ म आफंैसँग पनि खोज्छु । मेरा सचिवहरूसँग खोज्छु र नेप्सेको व्यवस्थापनसँग समेत खोज्छु ।’ उहाँले नेप्सेको कारोबार प्रणालीको विश्वसनीयतासमेत प्रश्न उठाउनुभएको छ ।

    सामाजिक सञ्जाल प्रयोग गरेर लगानीकर्तालाई निरत्साहित र उत्साहित गर्ने काम भइरहेको भन्दै उहाँले स्वस्थ प्रतिस्पर्धा र गुणस्तरीय सेवामा जोड दिनुभयो । कसैले अनैतिक तरिकाले कारोबार गरेको थाहा पाए कारबाही गर्ने नियामक सक्रिय हुनुपर्ने मन्त्री पौडेलको भनाइ थियो । पुँजी बजार सुधारका लागि जस्तोसुकै कार्य गर्न सरकार तयार रहेको पनि उहाँले बताउनुभयो । नेप्सेका प्रबन्धक निरञ्जन फुयालले अर्थमन्त्रीसामु सेयर बजार सुधारका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।(हिमालय टाईम्स)

    शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड
    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    लोकप्रिय

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड

    • २.
      तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र

    • ३.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • ४.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ५.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ६.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ७.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ८.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer