काठमाडौं । आज असोज ५ गते, वर्षाको सिलसिला अझै रोकिएको छैन । आज पनि ६ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ ।
Advertisement
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखाको पश्चिममा सरदर स्थानको उत्तर र पूर्वमा सरदर स्थानको दक्षिणमा अवस्थित छ।
आज दिउँसो कोशी, वागमती, लुम्बिनी र कर्णालीका केही तथा गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति गण्डकी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।




