काठमाडौं । प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिकोत्सव तथा संविधान दिवसको अवसरमा आयोजना गरेको निशुल्क आँखा शिविरमा एक सय १७ जनाले आँखा परीक्षण गराएका छन् ।
Advertisement
तिलगङ्गा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपाल, न्युनतम पारिश्रमिक निर्धारण समिति, नेपाल पत्रकार महासंघ, सूचना तथा प्रसारण विभागका कर्मचारीलगायत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारको उपस्थित रहेको थियो ।
शिविरको उद्घाटन कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार समाजको तेस्रो आँखा भएकाले सोही अनुरूपको भूमिका प्रभावकारी ढंगले निभाउनुपर्ने बताए । प्रतिष्ठान र काउन्सिलबीचको सहकार्य र समन्वय आगामी दिनमा अझै प्रगाढ बनाइने उनले स्पष्ट पारे ।




