• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सामुदायिक वनमा ‘रिचार्ज पोखरी’


  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेपछि बैतडी विशालपुरवासी पानी पुनर्भरण पोखरी निर्माणमा जुटेका छन् । स्थानीयवासीले दुई वटा सामुदायिक वनमा १५ वटा रिचार्ज पोखरी निर्माण गरेका छन् । जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेपछि मेलौली नगरपालिका–९, विशालपुरले पर्यावरणीय सन्तुलन कायम गर्न सामुदायिक नीति, २०८१ जारी गरेर पोखरी निर्माण सुरु गरेको हो ।

    Advertisement

    वडाको सामुदायिक नीति घोषणा गरेर पानीका मुहान संरक्षण गर्न वनजङ्गलमा रिचार्ज पोखरी निर्माण, जलवायु अनुकूलन खेती र मूल बिउ जोगाउँदै वातावरण संरक्षण गर्न पाँच हजार वृक्षरोपण गरिएको वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । गाउँमा खाद्य सङ्कट, खडेरी, बेरोजगारी र बसाइँसराइको दर बढ्न थालेपछि समुदाय र वडा कार्यालयको साझेदारीमा सामुदायिक नीति घोषणा गरिएको वडाध्यक्ष भट्टले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सामुदायिक नीति अनुसार विशालपुरको असुर–मौजा र कोलतडा सामुदायिक वनमा १५ वटा पानी पुनर्भरण पोखरी निर्माण गरेका छौँ । पोखरी निर्माणको काम सकिएपछि पोखरी वरिपरि केराको बोट रोप्ने तयारीमा छौँ । ”

    केही वर्षअघि विशालपुर गाउँका ३५६ परिवार कोदो खेती गर्दै आएकामा खडेरीका कारण अहिले जम्मा ६० परिवारले मात्रै कोदो खेती गरेका छन् । गाउँमा भएका पानीका मुहान सुक्न थालेका छन् । लामो खडेरी पर्दा अधिकांश जग्गा बाँझो रहेको छ । वडा कार्यालयलाई सामुदायिक नीति बनाउन राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले प्राविधिक सहयोग गरेको स्रोतव्यक्ति नरीराम लोहारले बताउनुभयो । सामुदायिक नीति बनाउनुअघि वडाको तथ्याङ्क लिइएको छ ।

    तथ्याङ्क अनुसार उत्पादन र खर्चको अनुपातमा ठुलो अन्तर देखा परेको छ । वडाका ३५६ परिवारको वार्षिक आम्दानी एक करोड १२ लाख सात हजार २३२ रुपियाँ रहेको छ भने खर्च तीन करोड २८ हजार ३८२ रुपियाँ रहेको छ । चामलमा मात्रै वडावासीले ९० लाख ४५ हजार ५२० रुपियाँ खर्च गर्दै आइरहेको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका स्रोतव्यक्ति नरीराम लोहारले बताउनुभयो ।

    गाउँमा सडक पुगेपछि बाहिरबाट खाद्यान्न आउन थालेको छ । घरपरिवारका लागि खाद्यान्न किन्न युवा विदेशमा रोजगारी खोज्न हिँडेका छन् । तथ्याङ्क अनुसार विशालपुरका ४२९ घरपरिवारमध्ये ७३ परिवार बसाइँसराइ गरेर तराई झरेका छन् । बाँकी रहेका ३५६ परिवारलाई वर्षभरि दुई लाख १० हजार ५४५ किलो खाद्यान्न आवश्यक पर्ने गरेकोमा वडाका ४२ गाउँटोलमा वार्षिक ४६ हजार किलो मात्रै खाद्यान्न उत्पादन हुने गरेको छ । एक लाख ६४ हजार ४६४ किलो खाद्यान्न किनेर खानुपर्ने अवस्था रहेको छ ।

    वडा कार्यालयले जारी गरेको सामुदायिक नीतिले गाउँमै सम्भावना र समाधान खोज्ने जनाएको छ । वनजङ्गलमा पानी पुनर्भरण पोखरी निर्माण गरेर विशालपुर क्षेत्रको धान फल्ने सुर्नया नदी किनारको कोलतडी, काँकडी र मेलघाटमा रहेको बाँझो जग्गामा धान खेती गरेर चामलमा आत्मनिर्भर बन्ने लक्ष्य राखिएको छ । त्यसै गरी रोकटादेखिको मध्यभूभागमा आँप, लिची र मेवाखेती गर्न सकिने बताइएको छ । उच्च लेकाली भूभागमा ओखर, कागती र सुक्खा फलफूलखेती गर्न सकिने सम्भावना खोजी गरिएको वडा सदस्य चेतराम नेपालीले बताउनुभयो । वडा सदस्य नेपालीले यो वर्ष विशालपुर क्षेत्रको टिकको लेकमा सामुदायिक वन उपभोक्ता समूहले खाली जग्गामा काफल, टिमुर, तेजपत्ता, बाँसलगायतका पाँच हजार बिरुवा रोपेको जानकारी दिनुभयो ।(गोरखापत्र)

    शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer