☰
शुक्रबार, मङि्सर १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

प्रदेश सरकारसँग छैनन् ‘हेभी इक्विपमेन्ट’


  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । कर्णालीका अधिकांश सडक सुरक्षित छैनन् । भूगोल, विभिन्न समयमा आउने प्राकृतिक विपत् र निर्माण कम्पनीकै लापर्बाहीका कारण धेरै सडक असुरक्षित बन्दै गएका छन् । वर्षायाम सुरु हुनेबित्तिकै ससाना सडकदेखि राजमार्गका सडक पनि लामो समयसम्म अवरुद्ध हुने गरेका छन् ।

    Advertisement

    अवरुद्ध भएका सडक दुरीका हिसाबले निकै टाढा र निजी निर्माण कम्पनीले मर्मत गर्ने हुँदा धेरै समय लाग्ने गरेको छ । सो कामका लागि आवश्यक पर्ने ‘हेभी इक्विपमेन्ट’ कर्णाली प्रदेश सरकारसँग भने हालसम्म उपलब्ध हुन सकेका छैनन् । सरकारले ती यन्त्र उपकरण खरिद गर्ने योजनामा नराखेको भने होइन । चार वटा सरकार फेरिँदा प्रदेश सरकारको प्रत्येक वर्षको नीति तथा कार्यक्रममा यो समेटिने गरे पनि बजेट विनियोजन नहुँदा उपकरण खरिद हुन सकेको छैन ।

    अहिले सडकको आकस्मिक तथा नियमित मर्मतका लागि भाडामा खरिद गरेर ‘हेभी इक्विपमेन्ट’ ल्याउने गरिएको छ । यसले गर्दा सरकारको ठुलो बजेट खर्च भइरहेको छ भने अर्कातिर काममा निकै ढिलासुस्ती हुने गरेको छ । ‘हेभी इक्विपमेन्ट’ खरिदका लागि पटक पटक बजेट माग गर्ने गरिएको प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।

    प्रदेश सरकारसँग आफ्नै ‘हेभी इक्विपमेन्ट’ नहुँदा तत्काल गर्नुपर्ने सडक मर्मतका काममा समस्या हुने गरेको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो । प्रत्येक वर्ष सामग्री खरिदका लागि मन्त्रालयले बजेट माग गरे पनि अहिलेसम्म बजेट उपलब्ध हुन नसकेको सुवेदीको भनाइ छ । सडकको आकस्मिक तथा नियमित मर्मतका लागि निजी कम्पनीसँग भाडामा उपकरण ल्याएर काम चलाउने गरिएको सुवेदीले जानकारी दिनुभयो । यसो गर्दा बर्सेनि सरकारको ठुलो रकम खर्च भइरहेको छ । सरकारसँग सामग्री नहुँदा समयमै सडक मर्मत नहुने, महँगोमा खरिद गर्नुपर्ने, कहिलेकाहीँ मर्मतका उपकरण नपाइने गरेको सुवेदीको भनाइ छ ।

    कर्णाली प्रदेश सरकारले सुरुका वर्षदेखि नै सडकको तत्काल मर्मतका लागि उपकरण खरिद गर्ने कुरा उल्लेख गर्दै आएको छ । प्रत्येक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिने तर बजेटमा भने नसमेटिने योजनाका रूपमा उपकरण खरिदलाई लिन सकिन्छ । चालु आवको नीति तथा कार्यक्रममा समेत उक्त कुरा उल्लेख गरिएको छ । सडकको आकस्मिक तथा नियमित मर्मतसम्भार गर्न आवश्यक एक्साभेटर, रोलर, टिप्परलगायतका ‘हेभी इक्विपमेन्ट’ खरिद गर्ने जनाइएको छ । सरकारले यो वर्ष पूर्वाधार एम्बुलेन्सको अवधारणासमेत ल्याएको छ तर बजेट भने विनियोजन गरेको छैन । सरकारले अघिल्ला वर्षहरूमा समेत उक्त उपकरण खरिद गर्नका लागि एक रुपियाँसमेत छुट्याएको छैन ।

    यता सामान्य वर्षाका कारण कर्णालीका मुख्य सडक तथा राजमार्गहरू पहिरोले अवरुद्ध हुने गरेका छन् । अझ वर्षायाममा सडक अवरुद्ध हुँदा यातायातका साधन आवतजावतमा समस्या हुने गरेको छ । विशेष गरी माथिल्लो कर्णालीका बासिन्दालाई थप सास्ती हुने गरेको छ । राजमार्गका सडक सङ्घीय सरकारले हेर्ने गरेको छ । सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाले तत्काल र नियमित मर्मतको काम गर्ने गरेका छन् । धेरै जसो कर्णाली राजमार्ग, कर्णाली कोरिडोर र भेरी कोरिडोर बढी प्रभावित हुने गरेका छन् ।(गोरखापत्र)

    शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड
    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    लोकप्रिय

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड

    • २.
      तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र

    • ३.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • ४.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ५.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ६.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ७.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ८.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer