• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दुर्गमलाई साथ दिदै हुलाकी सडक


  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । केही वर्ष अघिसम्म जिल्लाका दुर्गम र विकट मानिने बाँकेका पूर्वी क्षेत्रहरु अहिले हुलाकी सडकका कारण सुगम र विकसित हुन थालेका छन्।

    Advertisement

    नेपालगन्जबाट अगैया र नरैनापुर जोड्ने हुलाकी सडक निर्माण गरिएपछि जिल्लाको बिकट मानिने नरैनापुर र राप्तीसोनारीका धेरै गाउँबस्ती अहिले सुगम बनेका छन्। सो सडकका कारण स्थानीयलाई आवतजावतमा सहज भएको छ।

    कालोपत्र भएको हुलाकी सडकबाट सवारीसाधनमार्फत नेपालगन्ज आवतजावत गर्न स्थानीयलाई निकै सहज भएको राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताउनुभयो।

    उहाँले भन्नुभयो­“हामी पहिले कोहलपुर हुँदै नेपालगन्ज जानुपर्ने बाध्यता थियो तर अहिले त्यो अवस्था समाप्त भएको छ। ” अहिले कृषि उपजका सामग्री किनबेच गर्न बेलैमा नेपालगन्ज पुग्न सजिलो भएको वडाअध्यक्ष चौधरीको भनाइ छ।

    अहिले राप्तीसोनारी गाउँपालिकाका–३, ४, ५, ६ लगायतका वडाहुँदै हुलाकी सडक नेपालगन्जबाट अगैया बजारसँग जोडिएको छ। सो सडकका कारण विनौना, धामपुर, चाचरफर्का, गोरधुइया, बैजापुर, नारायणपुर क्षेत्रका साना बजारसमेत चलायमान भएका छन्।

    राप्तीसोनारी ४ का नरेश चौधरीले हुलाकी सडकका कारण विकासको बाटो पनि खुलेको जनाउँदै वर्षाको समयमा हुने झन्झटको समेत अन्त्य भएको बताउनुभयो।

    हुलाकी सडक कालोपत्र भएपछि अटो, मोटरसाइकललगायत साना सवारीसाधनको आवतजावत बढेको स्थानीयको भनाइ छ। स्थानीय जीवन थापाले धुलाम्मे अवस्था सधैँका लागि अन्त्य भएको बताउनुभयो। उहाँका अनुसार नेपालगन्ज–अगैया जोड्न थारुमारेमा पक्की पुल निर्माण भएकोले झनै सहज भएको छ। राप्ती नदीमा निर्माण भएको सो पुलले अगैया–नेपालगन्जबाहेक नरैनापुरलाई समेत जोडेको छ।

    वि.सं २०७८ मा सुरु भएको उक्त सडक वि.सं २०८० मा सम्पन्न भएको थियो। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेले हुलाकी सडकलाई राजमार्गसँग जोडेर कुसुमबाट दाङ जोड्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो।

    नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले हुलाकी सडक निर्माणकै कारण नेपालगन्ज नरैनापुर सिधै जोडिएकोले यस क्षेत्रका जनतालाई धेरै सहज भएको बताउनुभयो।

    उहाँले यसअघि सो सडक नहुँदा नेपालगन्ज पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने, बर्षाको बेला बाटो नै बन्द हुने हुँदा स्थानीयले ठुलो सास्ती भोग्नु परेको बताउनुभयो।

    सडकसंगै नरैनापुरसम्म विद्युत समेत पुगेपछि कुनै बेला बाँकेको श्रीलंका भनेर चिनिने नरैनापुर अब सुगम र विकसित बन्दै गएको अध्यक्ष शाहको भनाइ छ।(गोरखापत्र)

    शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer