काठमाडौं । आज तीनवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। यस्तै, देशभर मनसुनी वायुको प्रभाव कायम छ।
आज दिउँसो कर्णालीका केही, गण्डकी र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका पहाडी भेगका १-२ स्थानमा मेघ हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कर्णालीका थोरै तथा बाँकी प्रदेशका पहाडी भेगका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।




