काठमाडौं । योगेशकाजी शाह र शान्तिश्री परियारको स्वर रहेको गीत ‘गागरी’ सार्वजनिक भएको छ । लोकराज अधिकारीको शब्द रचना, योगेशकै संगीत निर्देशन र मनोज परियारको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
Advertisement
काजिश श्रेष्ठले निर्देशन रहेको गीतको भिडियोमा अभिनेता पल शाह र कामना फगामी मगरलाई फिचरिङ गरिएको छ । यो भिडियोमा अभिनय गर्न कामना केही समय पहिले जापानबाट नेपाल आउनुभएको थियो । भिडियोमा योगेशकाजीको पनि अभिनय छ ।
नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादन र रंग संयोजन मिलन विश्वकर्माले गर्नुभएको छ । करण खतिवडा सहायक कोरियोग्राफर रहेको भिडियोको सहायक निर्देशक तथा कोरियोग्राफर प्रशान्त मगर हुनुहुन्छ । गीतको भिडियोलाई अमितकुमार चन्दले निर्माण गर्नुभएको हो । गीतको भिडियो गायिका परियारकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।




