काठमाडौं । आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी भएको छ । उक्त सम्झौतासँगै ग्राहकले रिलायन्सबाट ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।
Advertisement
सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश श्रेष्ठ, रिटेल तथा एसएमई प्रमुख नविन्द्र केसी र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार ग्राहकले ७० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा सहज प्रक्रियाबाट पाउन सक्नेछन् । सम्झौताले सवारी साधनको स्वामित्वको पहुँच विस्तार गर्दै अटोमोबाइल क्षेत्रको विकासलाई थप प्रवद्र्धन गर्ने आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुवेदीले बताउनुभएको छ ।




