• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

३६ औँ एसिक सम्मेलन सुरु


  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । एसियाली देशका सुरक्षण संस्थाहरू(एसिक)को ३६औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रको विकास र विस्तारका लागि कर्जा प्रवाह आवश्यक रहेकोे बताउनुभयो । निक्षेप तथा कर्जा सुरक्षण कोषको कारण नवप्रवर्तन र स्टार्टअप कर्र्जा सहज भएको उहाँको भनाइ थियो । अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘नवप्रवर्तन र स्टार्टअप कर्जा प्रवद्र्धनका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषले महत्वपूर्ण भूमिका खेलेको छ । सर्वसाधारणको निक्षेप सुरक्षणका लागिसमेत कोषले प्रभावकारी भूमिका खेलेको छ ।’

    Advertisement

    उहाँले अन्वेषणमार्फत् नवप्रवर्तनमा जोड दिने उद्देश्यका साथ सम्मेलनको आयोजना भएको भन्दै अन्तरनिकाय सूचना आदानप्रदान गर्न एवं साना व्यवसायीलाई वित्तीय पहुँच पुर्‍याउन कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘बचतकर्ताको मनोबल बढाउन सुरक्षणबिना सम्भव हुँदैन, कर्जा सुरक्षण कोषले पर्याप्त धितो राख्न नसक्नेलाई पनि कर्जा लिन प्रोत्साहन गरिरहेको छ । यसले अर्थतन्त्र सहज बनाउन भूमिका खेलेको छ ।’

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंकमा समस्या आइहाल्यो भने पनि त्यसमाथि हस्तक्षेप गरेर परिस्थिति नियन्त्रणमा लिन सक्ने गरी निक्षेप बिमा योजनालाई परिष्कृत गर्न आवश्यक भएको बताउनुभयो । निक्षेपकर्ताको सुरक्षण गर्ने हैसियत कोषले राख्नुपर्ने भन्दै उहाँले एसियाली मुलुकका साना नवप्रवर्तनकारी संस्थाका लागि इन्नोभेसनलाई आधार मानेर प्रवाह हुने कर्जाको महत्व उच्च रहेको बताउनुभयो ।

    गभर्नर अधिकारीले निजी क्षेत्रको कर्जा प्रवाहमा सहजीकरण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषले ठूलो सहयोग पुगेको भन्दै पछिल्ला अन्तर्राष्ट्रिय वित्तीय संकटका बेलामा समेत नेपालको बैंकिङ प्रणाली सबल हुनुलाई निक्षेप तथा कर्जा सुरक्षणको नीतिले ठूलो सहायता पुर्‍याएको बताउनुभयो । गभर्नर अधिकारीले नेपालमा केन्द्रीय बैंकले लामो समयदेखि लघुवित्त कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाएको, जसले सामाजिक न्याय तथा वित्तीय पहुँच विस्तार गर्न उल्लेख्य सहयोग पुगेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय कोषको क्षमता बढ्दै गएको छ । आगामी दिनमा कोषको क्षमता अझै बढ्दै जान्छ भन्ने मलाई विश्वास छ ।’ निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद घिमिरेले कोषले हालसम्म १४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको निक्षेप र दुर्ई खर्ब ९६ अर्ब रुपैयाँ बराबरको कर्जा सुरक्षण गरेको जानकारी गराउँदैै सम्मेलनले नवप्रवर्तनमा जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो नयाँ सोचलाई पनि धितोमा राखेर कर्जा प्रवाह गर्न सकिन्छ भन्ने सन्देश यो सम्मेलनमार्फत् दिनेछौँ ।’ कोषको निक्षेप सुरक्षण विभाग प्रमुख विक्रान्त आचार्यले सम्मेलनमा आर्थिक वृद्धिलाई कसरी अघि बढाउन सकिन्छ भन्नेबारे छलफफल हुने बताउनुभयो । २० एसियाली मुलुक तथा संस्थाबाट करिब एक सय ४० जनाको सहभागिता रहेको सम्मेलन सोमबारसम्म चल्नेछ ।

    ‘जलवायु वित्तमा पहुँच विस्तार’
    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्य गरी हरित जलवायु कोष जस्ता संयन्त्रमार्फत् जलवायु वित्तमा पहुँच विस्तार गर्ने बताउनुभएको छ । शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागद्वारा आयोजित सम्मेलनमा उहाँले जलवायु वित्त स्रोतहरू जलवायु अनुकूलन र न्यूनीकरण, विशेष गरी ऊर्जा, कृषि र विपद् सहनशीलता जस्ता क्षेत्रका लागि महत्वपूर्ण हुने बताउनुभयो । वित्तीय संस्थाहरूलाई नवीकरणीय ऊर्जा, वातावरणमैत्री पूर्वाधार र जलवायु अनुकूल कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्न जरुरी रहेको उहाँको भनाइ थियो । नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोतहरू रहेको पनि उहाँले बताउनुभयो ।

    जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सरकारले नेपालको विकास मोडलले वातावरणीय अनुकूलनता, दिगोपना र समानतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले नेपालका लागि दिगो विकासको बाटो अत्यन्त आवश्यक रहेकाले नेपालले विभिन्न नीति, कार्यक्रम र पहलहरूमार्फत् वातावरणीय र जलवायु चुनौती सामना गर्न महत्वपूर्ण कदम उठाइरहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र विस्तारै सुधारको बाटोमा रहेको दाबी गर्नुभएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र विस्तारै सुधारको बाटोमा रहेको दाबी गर्नुभयो ।

    सन् २०२२ र २०२३ मा १.९ प्रतिशत आर्थिक वृद्धि रहेकोमा २४ मा सुधार भएर ३.९ प्रतिशत र मुद्रास्फीति ५.४ प्रतिशत रहेको भन्दै उहाँले मुद्रास्फीति ६.५ प्रतिशत राख्ने लक्ष्य भए पनि लक्ष्यभन्दा कम रहेको बताउनुभयो । मौद्रिक नीतिको परिणामस्वरूप विदेशी मुद्रा सञ्चितिमा समेत उल्लेख्य सुधार हुँदा अर्थतन्त्रको बाहृय क्षेत्र बलियो रहेको भन्दै उहाँले बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको ब्याजदरसमेत एकल अंकमा आएको बताउनुभयो ।

    आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer