• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

महिलाको दैनिकी फेरियो दुना-टपरीले


  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
  • बागलुङ । टुना टपरी उद्योगले बागलुङका महिलाको दैनिकी फेरिएको छ । गत वर्षसम्म फुर्सदीलाई महिलाहरु अहिले दैनिक दुना टपरी उद्योगमा भेटिन्छन् । ग्रामीण क्षेत्रबाट बजार आएर बसेका महिलाहरुको समूहले वि.सं. २०८० फागुनदेखि उद्योग संचालनमा ल्याएका थिए । उद्योग संचालनमा नआउँदा मोबाइल चलाएर दिन बिताउने उनीहरु अहिले दुनाटपरी बुन्न र धुपबत्ती बनाउनमा ब्यस्त देखिन्छन् । उद्यमशील महिला मगर संघ बागलुङले संचालन गरेको दुनाटपरी उद्योगबाट उत्पादन भएका सामग्रीको व्यापार फस्टाउन थालेपछि उनीहरु उत्साहित भएका छन् ।

    Advertisement

    २८ जनाको सक्रियतामा संचालनमा आएको टपरी उद्योगमा १८ वर्षका युवतीदेखि ८० वर्षसम्मका वृद्ध महिलाहरु आवद्ध छन् । पहिले फुर्सदिलो हुँदा दिनभर मोबाइल चलाउने र समय व्यतित गर्न घुमफिर गर्ने महिलाहरु अहिले दैनिक विभिन्न रुखका पातबाट टपरी बनाउनमा तल्लिन छन् । अहिले उनीहरुले समय बितेको पत्तै पाउँदैनन् । विहान बेलुका घरको काम गर्ने महिलाहरु दिनभर पात बटुल्ने, टपरी बुन्ने र धुप बत्ती बनाउने गर्दछन् । पाँच वर्ष अगाडि व्यवसाय दर्ता गरेर बङ्गुर पालनमा लागेका महिलाहरु विभिन्न रोगका सबै बङ्गुर मरेपछि कारण ठूलो क्षति ब्यहोर्नु परेको थियो । एकै पटक लाखौँको बङ्गुर मरेपछि उनीहरु त्यो पेसाबाट विस्थापित हुनु परेको थियो ।

    उनीहरुले पालेको छ सय बङ्गुर २०७९ सालमा अफ्रिकन स्वाइन फिवर महामारीका कारण मरेका थिए । त्यस बेला सोह्र लाख घाटा ब्यहोर्नु परेको थियो । लगानीसमेत उठान नपाउँदै व्यवसाय धरापमा परेपछि उनीहरुले अर्को विकल्पका रुपमा दुना टपरी उद्योग संचालनमा ल्याएका हुन् । महिला समूहले सुरुमा तीन लाखको लागतमा दुना टपरी बनाउने मेसिनसमेत ल्याएर उद्योग संचालन गरेका थिए । उद्योग संचालनमा आएपछि दुना टपरी बुन्ने महिलाहरुको दैनिकी बनेको उद्यमशील महिला मगर संघकी अध्यक्ष बलकुमारी पुनले बताउनुभयो । छ वर्ष अगाडिनै आफूहरु एकताबद्ध भएर सिर्जनात्मक काम गर्न थालेको सुनाउनुभयो ।

    आफूहरुले उत्पादन गरेको दुना टपरीको माग निकै बढेको भन्दै माग अनुसार पु-याउन गाह्रो भएको उहाँको भनाइ छ । दुना टपरी धार्मिक स्थल, पूजाआज गर्ने ठाउँ, विवाह, बूतबन्ध र सार्वजनिक कार्यक्रम गर्ने स्थानबाट बढी माग आउने गरेको अध्यक्ष पुन बताउनुहुन्छ । दुना टपरी बुन्ने महिलाले मासिक ३० हजारसम्म आम्दानी गर्न सक्ने भन्दै स्थानीय सरकारले आयातित प्लास्टिकका सामग्रीलाई प्रतिबन्ध लगाउन सके धेरै कमाई गर्ने सक्ने उहाँले बताउनुभयो ।

    पुनले भन्नुभयो – “महिलाहरु एकजुट भएर हामीहरुले उद्योग संचालन गरेका हौँ, एक वर्ष पनि पूरा नहुँदै यसले व्यापकता पाएको छ, माग अनुसार उत्पादन पु¥याउन सकेका छैनौँ, पहिले बेरोजगार दिदीबहिनीहरुले रोजगार पाएका छौँ, हामीहरुलाई अहिले सरकारको सहयोगको आवश्यक परेको छ, हामीले उत्पादन गर्ने टपरीभन्दा बाहिरबाट आएको प्लास्टिकको टपरी सस्तो पर्छ, त्यसले गर्दा यहाँ उत्पादन भएको टपरीले प्रतिस्पर्धा गर्न सक्दैन, त्यसले गर्दा आयाति सामग्रीलाई रोक्न सके अझै धेरै दिदीबहिनीहरुले रोजगार पाउनुहुने थियो ।”

    उद्यमशील महिला मगर संघकी सदस्य बिन्दु पुन मगरले पहिला बजारमा दिन बिताउन गाह्रो हुने गरेको भन्दै अहिले समय तालिका अनुसार काम गर्दा पाउँदा दिन बितेको पत्तो नहुने बताउनुभयो । दुना टपरी उद्योगमा काम गर्न थालेपछि अहिले दैनिकीनै बदलिएको उहाँको भनाइ छ । दुना टपरी बुन्दा आम्दानीसमेत हुन थालेपछि आत्मनिभरसमेत सहज भएको पुन बताउनुहुन्छ । बर्खाको समयमा पातको समस्या हुने भन्दै हिउँदमा बढी उत्पादन गर्न सकिने पुनले सुनाउनुभयो ।(हिमालय टाईम्स)

    आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer