काठमाडौं । आज कोशी र मधेश प्रदेशका कतिपय ठाउँमा मुसलधारे वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ।
Advertisement
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतर्फ सरेको छ।
सोही प्रभावका कारण आज दिउँसो देशभरको पहाडी भेगका थोरै तथा बाँकी भूभागका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशी, मधेशका केही, वागमतीका थोरै तथा बाँकी पहाडी भेगका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी र मधेशका केही स्थानमा मुसलधारे वर्षा हुने सम्भावना छ




