काठमाडौँ । साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
Advertisement
जिल्ला अदालत काठमाडौँले समाजसेवी तथा सामाजीक अभियन्ताको छवि बनाएका प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनलाई प्रहरीको टोलीले भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको थियो ।
साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।




