काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर सर्दा पनि आज ५ वटा प्रदेशमा मुसलधारे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार आज दिउँसो कोशी, मधेश, वागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना छ।
आज राति कोशी, मधेश, वागमती, गण्डकी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश, वागमती, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना छ।




