• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सुशासनका लागि सबैको साझा प्रयास र प्रतिवद्धता आवश्यक: मुख्यमन्त्री लामा


  •   मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
  • काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले सुशासनका लागि सबैको साझा प्रयास र प्रतिवद्धता आवश्यक भएको बताउनुभएको छ ।

    Advertisement

    बागमती प्रदेश सभाको बैठकमा प्रदेश सभाका सदस्यहरुले विशेष समयमा उठाएका प्रश्नको जवाफ दिँदै उहाँले सुशासन दिन र सुशासनको प्रत्याभूति दिलाउन कुनै एक व्यक्ति वा दल लागेर मात्र नहुने, सबै मिल्नुपर्ने बताउनु भएको हो ।

    ‘एक जनाले मात्र गर्छु भनेर हुँदैन, म मात्र सुध्रिएर हुँदैन तपाईमा मात्र सुधार आएर हुँदैन’ भन्दै सबैमा सुधार आयो भने मात्र सुशासनको प्रत्याभूति दिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो “तपाई हामी सुध्रिएपछि मात्र सुशासन दिन सकिन्छ ।”

    चाडपर्वको समयमा हुने कालोबजारी र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकारले सचेतना लगायतका काम अगाडि बढाएको जिकिर गर्दै उहाँले भन्नुभयो, “हामी हल्लाको पछि लाग्दैनाँै, काम गर्छौं र समस्या समाधान गर्न प्रतिवद्ध छौँ ।”

    प्रदेश सभाको बैठकमा सोमबार विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य रमा आले मगरले विपत्को समयमा प्रदेश सरकारको भूमिका नदेखिएको बताउनुभयो । प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले सर्वोच्च अदालतको नदी खोला किनारका बस्तीसम्बन्धी नयाँ मापदण्ड र आदेश कार्यान्वयनमा आउँदा धेरै नागरिक प्रभावित हुने, उठिबास हुने, सुकुम्बासी बन्ने र रैथाने नागरिक ठूला सङ्ख्यामा मर्कामा पर्ने अवस्था आउने बताउनुभयो ।

    प्रदेश सभा सदस्य गोविन्द लम्सालले मन्त्रीहरु मन्त्रालयमा आएनन् भन्ने सुन्न नपरोस् भन्नुभयो । प्रदेश सभा सदस्य मधुसूदन पौडेलले सहकारीमा नियमन नगर्दा अहिलेको समस्या आएको हो, भन्नुभयो ।

    यस्तै, प्रदेश सभा सदस्य रत्नप्रसाद ढकालले विपत्को समयमा प्रदेश सरकारको उपस्थिति नदेखिएको बताउनुभयो । प्रदेश सभा सदस्य मायादेवी शर्माले चाडपर्वको समयमा बजार अनुगमनमा कडाइ गर्न माग गर्नुभयो ।

    यसैगरी प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठले काठमाडौँ उपत्यकामा अदालतले नदी किनार बसोबासको सन्दर्भमा २० मिटरको नयाँ मापदण्डले नागरिकलाई विस्थापित गर्ने र नागरिकलाई जबर्जस्ती सुकुम्वासी बनाउन खोजेको आरोप लगाउनुभयो ।

    प्रदेश सभाको विशेष समयमा प्रदेश सभा सदस्यहरु शकुन्तला श्रेष्ठ, प्रभात तामाङ, रुकु चौलागाई, डा. दिनेशचन्द्र देवकोटा, विन्दु श्रेष्ठ, शुष्पा न्यौपाने भुजेल, थापा, अमृता नेपाल, ईश्वर सापकोटा, इन्द्रप्रसाद गोतामे, बालकुमारी विश्वकर्मा, देवेन्द्र श्रेष्ठलगायतका प्रदेश सभा सदस्यहरुले धारणा राख्नुभएको थियो ।

     

    मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer